नेपाली काँग्रेसले ३ दिन बिपी स्मृति महोत्सव गर्दै
ललितपुर । नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले बिपी साहित्य महोत्सव गर्ने भएको छ ।
विभागले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्पन्न बैठकले ११० औँ बिपी जन्म जयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०५० आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यही भदौ २४, २५ र २६ गते बिपी स्मृति भवन सानेपा, ललितपुरमा हुने उक्त महोत्सव नेपाली काँग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवम् निरन्तर शनिवार, नेपाल सांस्कृतिक सङ्घ र फाइन आर्टको सहयोगमा सम्पन्न हुने छ ।
यस ऐतिहासिक महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नेपाली काँग्रेसका सहमहामन्त्री मा. बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।