अनेसास बोस्टनले पुनः सुरु गर्यो मासिक कार्यक्रम ‘सिर्जना उत्सव’
बोस्टन, अमेरिका / अनेसास बोस्टनले काब्य गोष्ठी तथा विधा छलफल कार्यक्रम नामक ‘सिर्जना उत्सव’ सुरु गरेको छ। अगस्टको महिनाको अन्तिम आइतवार सिर्जना उत्सव बोस्टनले १२ अघि सुरू गरेको यो कार्यक्रम अब अनेसास बोस्टनले मासिक रुपमा पुनः सुरु गर्ने भएको हो ।
यो कार्यक्रमको ढाँचा अनुसार हरेक श्रृङ्खलालाई अनेसास बोस्टनसँग आवद्ध सदस्यले प्रायोजन गर्ने छन्।कार्यक्रम आफ्नो घर वा सार्वजनिक ठाउँमा गर्न सक्ने छन्।
पहिलो कार्यक्रमको सम्योजन संस्थाका सह-सचिव प्रतीक रावलले गरेका थिए। कार्यक्रम रावलकै सभापतित्वमा गरिएको थियो।
कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष गोवर्धन पूजा, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त लगायत कार्यसमितिका साथीहरू, बोस्टन वरपरबाट साहित्यकार कविहरू तथा साहित्यनुरागीहरूको बाक्लो सहभागिता भएको थियो।
महिनाभरि लेखिएका आफ्ना काब्य रचनाहरू पाठ गर्ने र हरेक दिन नेपाली भाषा साहित्यको क्षेत्रमा सबैको केहि कलम चलोस भन्ने हेतुले प्रोत्साहन स्वरुप पनि यो कार्यक्रम विशेष छ भन्दै केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले अनेसास र अनेसासको आगामी कार्यक्रम बारे छोटो मन्तब्य राखेका थिए।
सिर्जना उत्सवले सन् २०१२ को सुरुवाती दिनदेखि कोभिडको बेलासम्म लगातार काब्य गोष्ठी गर्दै आएको थियो। आफू अनेसास बोस्टनको अध्यक्ष भएपछि समितिको निर्णयअनुसार सिर्जना उत्सवलाई पनि अब एउटै मञ्चमा जोडेर सँगैलाने गरिएको हो भन्दै अनेसास बोस्टनका अध्यक्षले ३६ जना नयाँ आजीवन सदस्हरूलाई स्वागत समेत गरेका थिए।

सोही अवसरमा सचिव प्रकाश खडका र कोषाध्यक्ष थानीरत्न कँडेलले सदस्यहरूको अध्यावधिकगर्दै केन्द्रलाई सदस्यताको विवरण र शुल्क बुझाएका थिए।
अर्को महिनाको कार्यक्रम सहित्यकार, कवि तथा चलचित्र निर्मात्री अनु शाहले प्रायोजन गर्ने छिन्।
कार्यक्रममा निम्नानुसारका कविज्यूहरुले कविता गजल गीत सुनाएका थिए। आफ्नो रचना सुनाउनेहरुमा अनु शाह, लक्ष्मीप्रसाद थपलिया, प्रतीक रावल, गोवर्धन पूजा, थानिरत्न कँडेल, प्रकाश खड्का, महेश्वर पन्त, दिपेन्द्र पोखरेल, जीना कार्की, नवीन उप्रेती, शेरबहादुर बोहोरा थिए।
कार्यक्रमलाई समापन गर्दै काब्य गोष्ठी ‘सिर्जना उत्सव’ सभापति प्रतीक रावलले यस्तो कार्यक्रमको प्रायोजन आफ्नै घर डोभर म्यसाचुसेट्समा गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए। सोही सभाले मीठो नास्ता र रात्रीभोज बनाएर खुवाउने रावल परिवार श्रीमती माला रावललाई धन्यवाद व्यक्त गरेको थियो।



















