‘बागमती नदी महोत्सव एवं तथा महाजलयात्रा’ : बागमतीलाई कञ्चनपुरले बग्न दिऊँ
काठमाडौँ । बागमती नदीमा र्याफ्टिङ गरेर ‘बागमती नदी महोत्सव एवं तथा महाजलयात्रा’ सुरु गरिएको छ ।
शनिवार बागमती तथा यसका सहायक नदीहरूको पानी पिउन योग्य बनाउने उद्देश्यले नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ /र्याफ्टिङ एजेन्सी (नारा) ले ‘बागमती नदी महोत्सव तथा महाजलयात्रा’ को आयोजना गरेको हो।
आज बिहान ७ बजे थापाथलीबाट सुरु भएको महाजलयात्रा सुन्दरी घाटमा पुगेर टुङ्गिएको थियो ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीका अध्यक्ष शिव अधिकारीले बागमती काठमाडौँको.सभ्यतासँग जोडिएकोले कञ्चनपुरले बग्न दिनुपर्छ भन्ने उद्देश्यले महोत्सवको आयोजना गरेको जानकारी दिए ।
उनले अहिले १५ वटा डुङ्गा राखेर १५० जनालाई र्याफ्टिङ गराएको पनि जानकारी दिए ।
उनले भने,‘ पवित्र बागमती नदीलाई कञ्चनपुरले बग्न दिनुपर्छ । ढल नदीमा मिसाउन दिनुहुँदैन । यो काठमाडौँको.सभ्यतासँग जोडिएको छ । त्यसैले बागमती नदी बचाउनुपर्छ भनेर यो महोत्सव गरेको हो । अहिले १५ वटा डुङ्गा राखेर १५० जनालाई र्याफ्टिङ गराएका छौँ । पर्यटनहरूको लागि पनि महत्त्व छ भनेर स्थानीयलाई बुझाउन महोत्सव गरेको हो । ’
बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकहरूको लागि शुद्ध जल तर्पण योग्य बनाउने जलयात्रा कार्यक्रमको मुख्य उद्देश्य रहेको पनि उनको भनाइ छ ।
नेपाल नदी संरक्षण संस्था, र नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सी तथा फेण्ड्स क्लब कुपण्डोलको संयुक्त आयोजनामा र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन साथै अन्य विभिन्न संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम गरिएको हो।
नेपाल न्युज बैक
र यो पनि
बागमतीमा र्याफ्टिङ्ग सरर (फोटो फिचर)