तीन पदाधिकारीलाई प्रवासी नेपाली मञ्च अमेरिकाले गरायो जिम्मेवारीबाट अलग
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा निर्वाचित आफ्ना पदाधिकारीलाई प्रवासी नेपाली मञ्चले जिम्मेवारीबाट अलग गराएको छ।
प्रवासी नेपाली मञ्च अमेरिकाको अगस्ट आठ तारिखको बैठकले एनआरएनए अमेरिकाको पदीय जिम्मेवारीमा पुगेका तीन जनालाई आफ्नो संस्थाको जिम्मेवारीबाट अलग गराएको हो।
सचिव छवि पाण्डेद्वारा जारी विज्ञप्तिमा केन्द्रीय उप सचिव नेत्र पाण्डे, केन्द्रीय सदस्य द्वय दीपक सापकोटा र प्रचण्ड श्रेष्ठलाई मञ्चको जिम्मेवारीबाट बिदा गरिएको उल्लेख छ।
उनीहरूलाई गैर आवासीय नेपाली संघको मर्म भावना र विधान बमोजिम भूमिका निर्वाह गर्न शुभ कामना सहित प्रवासी नेपाली मञ्च अमेरिकाको जिम्मेवारीबाट बिदा गरिएको जनाइएको छ।
जुलाईमा सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनमा पाण्डे उपाध्यक्षमा विजयी भएका थिए। यसै गरी सापकोटा सचिव र श्रेष्ठ म्यासाचुसेट्स च्याप्टरको अध्यक्षमा विजयी भएका थिए।
एनआरएनए अमेरिकाको निर्वाचनमा यो पटक प्रवासी मञ्चले सम्मानजनक हैसियत बनाएको छ।
र यो पनि…
एनआरएनए अमेरिकामा प्रवासी मञ्चको प्रभावकारी उपस्थिति, पहिलो पटक चार पदाधिकारी विजयी