एनआरएनए अमेरिका : संरक्षक परिषदमा दुई जनाको मात्र मनोनयन, डिलु पराजुलीद्वारा पद अस्वीकार
सिकागो, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नव निर्वाचित कार्यसमितिको पहिलो बोर्ड बैठकले दुई जनालाई संरक्षकमा मनोनयन गर्ने निर्णय गरेको छ।
एनआरएनए अमेरिकाको १२ औ साधारण सभा तथा नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण र पदभार हस्तान्तर आइतबार भएको थियो।
जिम्मेवारी प्राप्त पछि सोमवार बिहान साधारण सभा स्थल सिकागोमा बसेको कार्यसमितिको पहिलो बैठकले सुमन थापा र दीक्षा बस्नेतलाई एनआरएनए अमेरिकाको संरक्षक परिषद्मा मनोनयन गर्ने निर्णय गरेको छ।
बैठक पछि समाज टाइम्स सँगको कुराकानीमा नवनिर्वाचित अध्यक्ष डा. अर्जुन बन्जाडेले निवर्तमान उपाध्यक्ष सुमन थापा र दीक्षा बस्नेतलाई नियुक्ति गरेको जनाए।
प्रमुख संरक्षक सहित अन्य पदमामा भने पछि निर्णय गरिने अध्यक्षको भनाई छ।
पहिलो बैठक बारे अध्यक्ष बन्जाडे र महासचिव रामहरि अधिकारी सँगको विशेष कुराकानी