सोनाम लामालाई एनआरएनए जस्तै अर्को संस्था खोल्न बाटो खुल्यो
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) जस्तै अर्को संस्था पनि दर्ता हुने भएको छ । सर्वोच्च अदालतले एनआरएनएका पूर्व उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन(युएनडीओ)लाई दर्ता गर्न नेपालको परराष्ट्रमन्त्रालयलाई आदेश दिएको हो ।
एनआरएनएको १८ महिना अघिको निर्वाचनमा विवाद हुँदा लामाले युएनडीओ दर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमा निवेदेन दिए पनि दर्ता भएको थिएन । त्यसपछि उनी सर्वोच्च पुगेका थिए । अधिवेशन हुँदा संस्थापन पक्षले ३ जना अध्यक्ष बनाएर सहमति गर्दा सोनाम (शेष घले) पक्षले विनोद कुँवरलाई अध्यक्ष बनाएको थियो ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले युएनडीओ संस्था दर्ता गर्न आदेश दिएको हो । यो सँगै एनआरएनए जस्तै प्रकृतिको संस्था अव क्रमश खुल्दै जाने देखिएको छ । साथै गत वर्ष २ वटा भएका एनआरएनएको संयुक्त साधारणसभा अगस्ट १२ तारिखमा तय भएको छ भने निर्वाचन समिति नै गठन गरिसकिएका बेला सर्वोच्चको फैसला आएकाले विदेशमा बस्ने नेपालीहरु भने अन्योलमा परेका छन् ।