ल्यान्ड फिल्ड क्षेत्रका स्थानीय र सरकारबिच कुरा मिलेन : फोहोर अझै नउठ्ने
काठमाडौँ । ल्यान्ड फिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ।
सिस डोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकास मन्त्रीको पहलमा बसेको बैठक निष्कर्षविहीन भएको हो ।
नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासी र सहरी विकास मन्त्री सीता गुरुङसहित बसेको बैठकमा ल्याण्डफिल्ड साइटका स्थानीयलाई परेको असरबारे गम्भीर छलफल भएको तर ठोस निर्णय नभएको ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहराले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरोकारवाला र सरकारबिच भएको छलफल बिना निष्कर्ष सकिएको भन्दै काठमाडौँ महानगरका प्रतिनिधिको सहभागिता नभएकाले थप छलफल गर्ने गरी आजको बैठक सकिएको बताए ।
उनले भने ‘माटो क्यापिङ र झिँगा नियन्त्रणका लागि तत्काल काम सुर्ने विषयमा सहमति जुटेको छ । ’
तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोर बोकेका गाडी रोकिरहेका छन्।
छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगा फैलिएकाले बस्न अफठ्यारो भएको भन्दै स्थानीयले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर विसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम भएको भन्दै आपत्ति जनाएका थिए ।
प्रभावित क्षेत्र किटान गर्न भोली नै प्राविधिक टोली फिल्डमा जाने सहमति भएको ककनी गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष घननाथ बजगाईँले, भोलिदेखि नै झिँगा व्यवस्थापन लगायतका विषयमा सहमति भएको बताए ।
तर पूर्ण रूपमा समस्या समाधान नभएसम्म फोहोर लैजान नदिने उनको भनाई छ ।