ह्यारिसबर्गमा सुगमले नचाए दर्शक, राजेश हमाललाई एके म्यानेजमेन्टले दियो ‘हात’ उपहार
पेन्सिलभेनिया,अमेरिका / एके म्यानेजमेन्टको आयोजनामा अमेरिकाको पेन्सिलभेनिया स्थित ह्यारिसबर्गमा ‘साङ्गीतिक र सांस्कृतिक साँझ’ शनिवार सम्पन्न भएको छ।
‘इन्टरटेन्टमेन्ट फेस्ट’ नाम दिइएको कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो। यसै गरी स्थानीय कलाकाहरुले पनि प्रस्तुति दिएका थिए।
गायक सुगम पोखरेलले माहौल तताएका थिए। एक घण्टा बढी प्रस्तुति दिएका सुगमले आफ्ना नयाँ पुराना गीत गाएका थिए।
सुगमको प्रस्तुति चल्दै गर्दा प्रायशः दर्शक पोडियम अगाडि नाच्नमा व्यस्त बनेका थिए।
कार्यक्रममा महानायक राजेश हमालले पनि प्रस्तुति दिएका थिए। राजेश आफ्नो पुरानो तर निकै चर्चित ‘साथीका लागि यो हात सलाम.. दुस्मनका लागि फलाम..’ फिल्मी डाइलग सहित दर्शक दीर्घामा अन्तर्क्रिया शैलीमा पुगेका थिए।
महानायक राजेशले दर्शकलाई पनि डाइलक बोल्न लगाएका थिए। जसले हलको माहौल रोमाञ्चित बनेको थियो।
राजेशले रातो टिका निधारमा टलक्क टल्कियो बोलको गीतमा स्थानीय युवती सँग नृत्य गरेका थिए।
स्टेजमा नाच्दा नाच्दै उनी फ्लोरमा ओर्लिएर अन्य दर्शक सँग पनि नाचेका थिए। राजेश सँग नृत्य गर्न युवतीहरूको तछाड मछाड नै चलेको थियो।
यस्तै हास्य कलाकार विल्शन विक्रम राई उनको ट्रेडमार्क ‘तक्मेबुढा’ को गेट अप विनै नै प्रस्तुति दिएका थिए।
विल्शनले अमेरिका भ्रमणका क्रममा सङ्कलन गरेका मौलिक टुक्का,व्यङ्ग प्रस्तुत गरेका थिए। यसै गरी उनले नृत्य र गायनमा पनि प्रस्तुति दिएका थिए।
तीन सय भन्दा बढी दर्शकको उपस्थित रहेको हलमा बोल्मिङ लोटस स्टुडियो र रेड ओशन एकेडेमीका विद्यार्थीहरूले सुन्दर नृत्य प्रस्तुत गरेका थिए।
स्थानीय कलाकारहरुको प्रस्तुति हुदाँ विशाल ढुङ्गनाले उद्घोषण गरेका थिए। नेपालबाट आएको कलाकारहरुको प्रस्तुतीको समयम आसिफ साह उद्घोषक थिए।
महानायकलाई ‘हात‘ उपहार
आयोजक एके म्यानेजमेन्टले महानायक राजेश हमाललाई उनको प्रस्तुति पछि ‘हात’ उपहार दिएको थियो।
दुई दशक भन्दा अगाडि बनेको ‘पृथ्वी’ नामक नेपाली चलचित्रमा राजेशले बोलेको डाइलग
‘साथीका लागि यो हात सलाम छ, दुस्मनका लागि यो हात फलाम छ ।’ अहिले पनि निकै चर्चित छ।
यो डाइलक राजेशको करिअरकै सर्वाधिक लोकप्रिय मानिन्छ ।
त्यसो त उनको शङ्कर हुँ शङ्कर भन्ने अर्को डाइलग पनि उत्तिकै चर्चित छ।
‘देउता’ चलचित्रमा ‘हे मान्छे हुँ, मान्छे । तर तँ जस्तो असुरको लागि शङ्कर, शङ्कर हुँ । नर पिचासको लागि नरसिंह र तँजस्तो रक्तबीजको लागि नरदेवी, उग्र चण्डी, भद्रकालीको छोरा मान्छे शङ्कर हुँ, शङ्कर ।’
डाइलग पनि राजेशको उत्तिकै चर्चित छ।
चलचित्रमा राजेशले हेएएए.. गर्दै हातको पन्जा देखाउँदै डाइलग बोलेका छन्। अझै पनि राजेशको सो डाइलग सुरु गर्दा कतिपय व्यक्ति झस्कने गर्छन्।
एके म्यानेजमेन्टका सिइयो आलोक कार्कीले महानायकको सर्वप्रिय र चर्चित डाइलगको सम्मान गर्दै हातको पन्जा बनाएर उपहार दिएको बताए। ‘ हात सँग जोडिएको उहाँको डाइलग आफैमा चर्चित छ, त्यही चर्चित विषयमा नै उहाँलाई हामीले सरपाइज उपहार दिएका हौ।’ कार्कीले भने।
यस्तै आयोजक सदस्यले सपोर्ट फर बालेन लेखिएको काठमाडौैका मेयर बालेन साहको फोटो अंकित टिसर्ट लगाएका थिए।
‘मेयर बालेनले राम्रो काम गरिरहेका छन्।उनलाई विदेशबाट पनि प्रोत्साहन होस भनेर हामीले टिसर्ट लगाएका हौ।’ सिइयो कार्कीले भने।