पाउण्ड र युरोको भाउ फेरि बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बेलायती पाउण्ड र युरोको भाउ बिहीबारको तुलनामा आज ह्वात्तै बढेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ २५ पैसा र बिक्री दर १७२ रुपैयाँ १४ पैसा पुगेको छ ।
बिहीबार पाउण्डको खरिद मूल्य १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ पैसा रहेको रहेको थियो ।
युरोमा पनि दुई रुपैयाँ भन्दा बढीले मूल्य वृद्धि भएको छ ।
आज एक युरोको खरिद दर १४६ रुपैयाँ ३७ पैसा र बिक्र दर १४७ रुपैयाँ १४ पैसा पुगेको छ । हिजो युरोको कारेबारमा एक युरो बराबर खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको थियो ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा हुदा क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ६३ पैसा र बिक्रि दर १०० रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बंैकले जनाएको छ ।