बालेनलाई हर्कको साथ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाहाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा उभिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख खेपीरहेका मेयर शाहको पक्षमा साम्पाहाङ उभिएका हुन् ।
सर्वोच्च अदालतमा तारेख खेपिरहेका मेयर बालेनलाई ढाडस दिंदै साम्पाहाङले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २–३ वटा लाइरन्छ मलाई त ! ढोइट… भन्दै अघि बढ्नु पर्छ ! ढोइट…।’
सर्वोच्चमा तारेख खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेनले आइतबार समाजिक सञ्जाल फेसबुकमा लेखिएका छन्,‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्युले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा, म आजबाट अपराधी, जय होस् यो देशको ।’
त्यसपछि साम्पाहाङले मुद्दा लाग्दा हच्किनु नपर्ने भन्दै आफू साथमा रहेको बताएका हुन् । उनले त्यस्ता मुद्दा हप्तामा २–३ वटा लाइरन्छ, मुद्दा लाग्यो भन्दैमा पछि हट्न नहुने पनि जनाएका छन् ।