एनआरएनएको निर्वाचन समिति गठन, को को छन् त?
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन गराउनका लागि एक समिति गठन गरिएको छ ।
अक्टोबरमा एनआरएनएको ११ औं महाधिवेशन हुने भएकाले त्यसका लागि निर्वाचन समिति गठन गरिएको छ । अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।
कार्यकारी अध्यक्ष डा. ब्रदी केसीले गठन गरेको ढुंगाना नेतृत्वको समितिमा सोनाम लामा (अमेरिका), मन केसी (अस्ट्रेलिया), भूषण घिमिरे (जापान), चिरञ्जीवि ढकाल (बेलायत), टिबी कार्की (कतार) र प्रशाक धमला (कोरिया) सदस्य छन् ।
अहिले धमाधम एनसीसीका चुनावहरू सुरू भएका छन् ।
यस्तै, अध्यक्ष केसीले निर्वाचनको अनुगमनका लागि दुर्गा आचार्य रहेको उच्चस्तरीय अनुगमन समिति पनि गठन गरेका छन् ।
उक्त समितिमा होमनाथ शर्मा, डमर घले, शंकर खड्का, सुरेन्द्र श्रेष्ठ, कमलमणि गुरागाई, अर्जुन श्रेष्ठ, नारायण थापा र राजन त्रिपाठी छन् ।
निर्वाचन समितिमा यसअघि दुई समूहमा विभाजित हुँदा आ आफ्नो निर्वाचन समितिमा काम गरेकाहरु नै रहेका छन् ।