सरकारले बजेटमा दुर्गम क्षेत्रलाई हेपेको सांसद कुवँरको गुनासो
काठमाडौं । सांसद शेर बहादुर कुवँरले, बजेटले सुदूरपश्चिमलाई हेपेको गुनासो गरेका छन् ।
संसदमा सरकारले ल्याएको बजेटमाथिको छलफलमा भाग दिँदै उनले सरकारले यसअघि नै गरेका कतिपय सहमति समेत वेवास्ता गर्दै बजेट बनाएको आरोप लगाए ।
नीति तथा कार्यक्रममा आएका विषय समेत बजेटमा छुटाइएको भन्दै उनले असहमति प्रकट गरे ।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सहमति विपरित सरकारले प्रतिष्ठानको कुरा ल्याएको भन्दै उनले अस्पतालमा वेडको संख्या पनि सहमति विपरित घटाइएको भन्दै त्यहाँको जनता आन्दोलनमा रहेको बताए ।
त्यस्तै अघिल्लो बर्षको भन्दा यसपटक घटाइएको भन्दै उनले आपत्ति जनाए ।
उनले भने ‘४० वटा जिल्लामा मात्रै अधिकासं बजेट हालिएको भन्ने कुरा बाहिर आएको त्यो कुरा सत्य नहोस’ उनले भने ।