भारतको नक्साबाट नेपाली भूमी हटाउन प्रभावकारी भूमिका खेल्न ओलीको प्रधानमन्त्रीलाई सुझाव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नक्सामा रहेको नेपाली भूमि हटाउन लगाउनुपर्ने बताएका छन्।
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा उनले नेपालीको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाँउमा राखेर भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाए ।
भारतले देखाएको हेपाहा व्यवहारप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डले त्यो गल्ति सच्चाउन सक्दैन् भने भारत भ्रमणमा नगए हुने उनको तर्क छ ।
उनले भने, ‘अहिले आइरहेका छ नि ! लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसदले राख्यो, भारत सरकारले आफ्नो गल्ति महशुस ग¥र्यो भने त्यो आफ्नो ठाँउमा छ । तर नेपालीको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाँउमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएका ठाँउको लाकतन्त्रले यस्तो खालको हेपाहा व्यवहार गर्छ भने, त्यसलाई उचित भन्न सकिदैँन् त्यो अनुचित हो । प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, गल्ती सच्चाउनुस्, भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ। त्यति गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’
उनले अन्तरराष्ट्रिय क्षेत्रमा धेरै वेतिथिहरु देखिएको भन्दै बलियाले कमजोरलाई हेप्नु सामान्य विषय भन्दै गएको पनि बताए ।
उनले न्याय एकातिर छ, बल अर्कातिर, शक्ति नै सत्य हो, सत्य नै शक्ति हो भन्ने बलवाला सिद्धान्त अन्तरराष्ट्रिय समाजमा रहेको भन्दै यसमा संयुक्त राष्ट्रिय संघ हेरेर मात्र बसेको बताए ।