मधेशी एशोशिएशन अफ अमेरिकाको अधिवेशन फिलाडेल्फियामा

पेन्सिलभेनिया अमेरिका/मधेशी समुदायको सुदृढीकरण र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य सहित मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो साधरण अधिवेशन मे २७-२८ अमेरिकाको पेन्सिलभेनियामा हुने भएको छ।
फिलाडेल्फियामा रहेको ड्रेक्सल विश्वविद्यालयमा हुने अधिवेशनमा व्यापार र उद्यमी फोरम संचालन हुने छ। एशोशिएशनका अध्यक्ष शतेन्द्र साहका अनुसार अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ।
अध्यक्ष साहका अनुसार अधिवेशनमा अमेरिकाभर रहेका झण्डै साँढे दुई सय भन्दा बढी सहभागि हुने छन्। एशोशिएनमा अहिले नौ सय भन्दा बढी सदस्य छन्।
अधिवशेनमा सदस्यहरु बीच अमेरिका र बाहिरका साथी मधेसीहरूसँग नेटवर्किङ र सामाजिक एकीकरण,व्यवसाय, शैक्षिक र क्यारियर जानकारी साझेदारीको अवसर हुने छ। यस्तै लगानीको लागि सामूहिक प्रयास सृजना गराउने तर्फपनि छलफल हुने जनाइएको छ।

उद्यमीका लागि प्रेरणा,शैक्षिक र क्यारियर फोरम पनि संचालन हुने छ। यस्तै अमेरिकाका विश्वविद्यालयमा छात्रवृत्ति कसरी प्राप्त गर्ने भन्ने बारेमा पनि अनुभव साझेदारी गरिने छ।
छात्रवृत्ति र अनुदान आवेदनका बारेमा पनि चर्चा गरिने छ। स्वास्थ्य र कल्याणका फोरमहरु पनि हुने छन्।
मानसिक स्वास्थ्य र कल्याण कुराकानी,नेटवर्किङ र सामाजिक एकीकरणका विषयले पनि अधिवेशनमा प्रवेस पाउने जनाइएको छ।
एशोशिएशनका गतिविधिहरू प्रस्तुति हुनाका साथै कला कार्यशाला र संस्कृति कार्यक्रम,प्रतिभा शो र पुरस्कार पनि अधिवेशनका आकर्षण हुने छन्।
कार्यक्रममा सहभागिताका लागि यहाँ क्लिक गरि दर्ता गर्न सकिने छ।
अधिवेशनको कार्यतालिका यस्तो छ।
