काममा कञ्जुँस्याई नगर्न निर्माण व्यवसायीलाई मन्त्री ज्वालाको आग्रह
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वर्खाको महिनामा पनि काठमाडौं प्रवेश गर्ने मुख्य नाका सडकहरुमा समस्या नआउने बताएका छन् ।
शुक्रबार नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे अवलोकन गर्दै मन्त्री ज्वालाले सडकमा कुनै समस्या आउन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
अवलोकन पछि उनले नागढुंगा सडक राजधानी जोड्ने मूल सडक भएकाले अहिसम्म भएका समस्यालाई समाधान गरेर कामलाई तीब्रता दिने प्रतिवद्धता जनाए । बर्खामा पनि सवारी साधनका आवात जावत नरोकिने गरी सुधार र मर्मतका काम सम्पन्न गर्ने पनि पनि उनको भनाइ थियो ।
उनले भने ‘ राजधानी जोड्ने मूल सडक हो यो ।
त्यस कारण अहिलेसम्म जति पछाडि परेता पनि । जेजे समस्या झेल्नुपरे पनि सबै समस्यालाई समाधान गरेर कामलाई तीब्रता दिने छौ । यसमा निर्माण व्यवसायीहरुले पनि काममा कञ्जुँस्याई गर्न भएन, उहाँहरुले कुनै वहानामा कामबाट भाग्न मिल्दैन् । हामी यसमा कडा छौं । बर्खामा पनि यातायात बन्द हुन नदिनको लागि सुधार र मर्मतका काम र सवारी साधन सजह रुपमा आवात जावत नरोकिने गरी काम गछौं ।’
मन्त्री ज्वालाले जनताले भोगिरहेको समस्या पुनः दोहोरिन नदिने गरी काम गर्ने बताए ।