जसपाबाट नवनियुक्त दुई मन्त्रीको शपथ आजै हुने
काठमाडौं। सरकारका दुई नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ आजै शीतलनिवासमा लिने भएका छन् ।
जसपाका नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्न गराउन तयारी गरिएको हो ।
मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम दुई मन्त्री नियुक्त गरे ।
नवनियुक्त मन्त्री द्वयले राष्ट्रपति निवासमा आज बिहान १० बजे शपथ लिदै छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिदै जनता समाजवादी पार्टीबाट दुई मन्त्री नियुक्त गरेसंगै आजै उनीहरुको पद तथा गोपनियताको शपथ गराउने तयारी गरिएको छ ।