अमेरिकाको भर्जिनियामा सामुदायिक भवन र मन्दिरको शिलन्यास (भिडियो)
भर्जिनिया,अमेरिका / झण्डै मिलियन अमेरिकी डलर (पौने अर्व नेपाली रुपैया) बजेट रहेको नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को भवन र मन्दिर शनिवार शिलान्यास भएको छ।
हिन्दु र बौद्ध धर्म परम्परा अनुसार भवन र मन्दिरको शिलन्यास गरिएको हो।
भवन शिलान्यासको शुभमूहुर्तमा गरिएको पूजा अर्चनामा गुरुवर्गसँगै बसी करीव २० जनाले कर्ताको भूमिका निर्वाह गरी न्याक भवनको जगमा इटा राख्न सहयोग गरेका थिए।
कर्ताहरुमा अरुण रुपाखेती, निदेश अधिकारी, नानीराम पोखरेल, कमला खरेल, मीना पन्थी, माया कंडेल, राधिका कंडेल, विजया शाह, मन्दिरा मैनाली, सीता कुंवर, दीपा पोखरेल, गोपाल रेग्मी, मदन उप्रेती, सरु ज्ञवाली, सीता अधिकारी, विना गुरुंग लगायत थिए।
सोही अवसरमा सयौ महिलाले कलश यात्रामा सहभागिता जनाएका थिए।
शिलान्यास कार्यक्रममा आएका सहभागीहरु नेपाली सांस्कृतिक पहिचान झल्काउने गरि आ-आफ्नो पराम्परागत पोशाकमा देखिएका थिए। झट्ट हेर्दा न्याक परिशर नेपालकै कुनै भाग मेला लागे जस्तो देखिन्थ्यो ।
यस्तै स्थानीय सरकारको तर्फबाट प्रिन्स वीलियक काउन्टीकी सुपरभाइजर र अमेरिकी सिनेटर टीम केनकी सेक्रेटरीले समेत शुभकामना दिंदै नेपाली अमेरिकन समुदायको लागि सहयोग गर्न तयार रहेको आश्वासन दिए।
कार्यक्रममा न्याक विओटी अध्यक्ष अरुण रुपाखेती, कार्यसमिति अध्यक्ष डा मदन उप्रेती लगायत पदाधिकारीहरुले चन्दादाताहरु र सदस्यहरुलाई धन्यबाद दिएका थिए।
न्याक पदाधिकारीहरुले सो अवसरमा नयाँ सदस्यहरुको नामावली सुनाउदै समुदायका सवैलाई नयाँ सदस्य बन्नको लागि अनुरोध गरेका थिए।
न्याकले भवन संरचना निर्माणको लागि बैकबाट २१ लाख ८० हजार अमेरिकन डलर ऋण संझौता गरेको छ । साथै निर्माण कार्यको ठेक्का हस्तान्तरण गरी निर्माण कम्पनीले काम शुरु गरिसकेको छ ।
यो ड्रिम प्रोजेक्टलाई सफल बनाउन न्याकले “सवै उठौं, सवै जुटौं “ भन्ने नारा दिएको छ । कार्यक्रम संयोजक विना खड्का लामा र मधु पन्थीले सहयोगी संघ संस्था र ब्यक्तिहरुलाई धन्यबाद दिए।
नयाँ बनेका सदस्यहरुको नामावली प्रेम पौडेल र पर्शुराम भण्डारीले सनाएका थिए। महासचिव लेखनाथ अधिकारीले कार्यक्रमको संचालन, चन्द्र लामाले स्वयंसेवा ब्यबस्थापन गरेका थिए। अमेरिका नेपाल सहयोगी समाज-एएनएचएसले प्रसादी र खाना कार्यक्रम स्थानमै तयार गरी सहयोग पुर्याएको थियो । विजया शाह लगायत धेरै दिदी बहिनीहरुले घरमै वनाएर हलुवा फलफूलहरु लिएर आएका थिए।
न्याकको सवै चलअचल सम्पत्ती ७०-८० लाख अमेरिकी डलर बराबरको रहेको बताईएको छ । नयाँ बन्ने मन्दिरमा १५० देखि २०० सम्म मानिसहरुले एकै साथ पूजा गरेन सकिने छ । मन्दिरको लागि मूर्तीहरुको खरीद प्रक्रिया अगाडि बढाउन लागिएको छ ।
भर्जिनियाका अमेरिकी नेपाली समुदायले दशकौँदेखि देखेको सामुदायिक भवन र मन्दिर बनाउने सपना अव करिव १८ महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ।
केन्द्रका अध्यक्ष डा. मदन उप्रेतीका अनुसरा परियोजनाले लागि २४ रोपनी क्षेत्रफलको जग्गा चर्चिने छ। यस्तै परियोजनाको कुल लागत ६ मिलियन अर्थात पौने अर्व रहेको छ।