भ्रष्टाचार र वेथिती विरुद्ध कांग्रेस वि.पी.को विरोध
काठमाडौं । नेपाली काङ्ग्रेस वि.पीले भ्रष्टाचार र वेथिती विरुद्ध काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
सोमबार काठमाडौंको माईतीघरमा सो पार्टीका सर्मथकले विभिन्न भ्रष्टचारी जेलमा सढोस, अहिले देख्न परोस, २०४८ देखि हाल सम्मका काण्डका दोषिहरुलाई कारवाही गर जस्ता विभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा बोल्दै पुर्व डिआईजी केपी शर्माले देशमा रहेका प्रधानमन्त्री पुर्व प्रधानमन्त्रीहरुले देशको वेईज्जत गरेको बताए ।
‘नक्कली भुटानी शरणार्थी बनाएर अरबौंको खेल खेलेर देशलाई घात गरेका छन् । यस्ताहरुको सम्मान गर्नु भनेको आफ्नो स्वाभिमान गुमाउनु हो । ’
देशको वडा अध्यक्षदेखि लिएर प्रधानमन्त्री समेत भ्रष्टाचारमा संलग्न भएको उनको भनाई छ । उनले राजनीति सस्तो व्यापार जस्तो भएको बताए ।