नीति तथा कार्यक्रमबारे ओलीलाई नेपालको यस्तो जवाफ
काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नीति तथा कार्यक्रम राम्रो भएको दाबी गरेका छन् ।
सोमबार प्रतिनीधि सभाको बैठकमा, नेपालले हिजो एमाले अध्यक्ष केपी ओलिले कागजको खोस्टा जस्तो भनको तर्फ लक्षितगर्दै भने ‘कार्यक्रम सकरात्मक छ । कागजको खोस्टा जस्तो छैन् । ’
कुनै पनि दस्तावेज आफैमा पूर्ण नहुने बताएका उनले भने ‘नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो भएको भनियो तर मैले यसो सुने हेरेँ यसो हेर्दा कागजको खोस्टो जस्तो लागेन । कुनै पनि दस्तावेजहरु आफैमा पूर्ण हुँदैन् । जे आएको छ सकारात्मक छ । ’
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । यसमा आफू सहमत रहेको उनले बताए ।