रायमाझीलाई तीन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो।
उनी आइतबार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतवार पक्राउ परेका उनलाई आज सोमबार जिल्ला अदालतमा उपस्थित गरार्ईएको हो ।
उनी सोरहखुट्टेस्थित प्रहरी हिरासतमा रहेका छन् ।
सभामुखले संसदलाई दिए रायमाझी पक्राउ परेकाे जानकारी, भए निलम्बित
सभामुख देबराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन ।
आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । साे जानकारी पछि सभामुख घिमिरले उनी पत्राउ परेका संसदलाइ जानकारी गराएका हुन ।
नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए । ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए ।
सभामुखले साे जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो ।