नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह हो : स्वर्णिम वाग्ले
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् ।
आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठीत अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन् ।
राष्ट्रिय अन्तराष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाईमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरुको पनि बिषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे
उनले अन्य सेटिङ र भ्रष्टाचारहरुलाई पनि गहिरो गरि अनुसन्धान गर्नुपर्ने वताए ।
उहाले भ्रष्टहरुले सिष्टमलाई नै प्रभावमा पारेको भन्दै अव नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने बताउनुभयो ।