नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्णले भने मेरो संलग्नता छैन
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष रहेको दावी गरेका छन् ।
आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत जाने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा आफू यो प्रकरणमा संलग्न नभएको दावी गरेका हुन् ।
खाँण यो प्रकरणमा पक्राउ पर्ने उच्च राजनीतिक नेता हुन् । यही प्रकरणमा जोडिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।
यसैगरी तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगाएत अहिलेसम्म १२ जना पक्राउ परेका छन् भने आजै मात्र बादलका छोरा प्रतिक थापा र नेपाली कांग्रेसका पूर्व साभासद आङ टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।