नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।
उनीसँग यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।
टोपबहादुर यो प्रकरणमा पक्राउ परेकामा हाइ प्रोफाइल राजनीतिक व्यक्ति हुन् ।
यसअघि नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए ।
टोपबहादुर पूर्व उपप्रधानमन्त्री हुन् ।