च्याम्पियन्स लिग : इन्टरले एसी मिलानलाई हरायो
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ ।
इन्टरले एसी मिलानलाई २–० गोलले हरायो । इन्टरका इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे ।
जेकोले खेलको आठौं मिनेटमा र हेनरिकले ११औँ मिनेटमा गोल गरे ।
जितसँगै इन्टरले फाइनलको सम्भावना बलियो बनाएको छ ।
अब मे १६ मा दोस्रो लेग हुनेछ । मिलानलाई फाइनल पुग्न दोस्रो लेगमा कम्तीमा ३–० गोलको जित आवश्यक पर्नेछ ।