तनहुँ निर्वाचन परिणाम र सन्देश
कमल खनाल
गत मंसिर ४ गतेको चुनावले देश भरिनै एउटा संकेत गरेको थियो त्यो हो मतदाताको मन परिवर्तनको थियो। दलहरू प्रतिको विस्वासको निरन्तरतामा ठेस पुगेको थियो।
तर दलहरूले त्यसलाई कहिलेकाही हिड्दा ठेस लाग्छ, दुख्छ अल्ली पर पुगे पछि निको हुन्छ भन्ने हिसावले लिए। सायद बैशाख १० मा उप निर्वाचन नभएको भए ठूलादलहरूको दम्भको पारो घट्ने थिएन। तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए पछि उप चुनाव भएको थियो।
बैशाख १० को उपनिर्वाचनले ठूला भनिएका पार्टीहरूलाई घोल्तिन बाध्य बनाइ दियो। ठूला पार्टीहरूको आ-आफनै गठबन्धन छन्। गठबन्धन सहित निर्वाचनमा जादाँ पनि उनीहरुले अपेक्षित सिट जित्न सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट मध्ये दुइ सिट जित्यो। स्वतन्त्र पार्टीले जितेको ठाँउमा कांग्रेसका उम्मेदवारहरू दोस्रो भए ।
राष्ट्रिय स्तरमा नै कांग्रेसले तनहुँबाट एक सिट गुमायो। सरकारमा भएको पार्टी ,त्यो पनि मंसिर ४ को निर्वाचनमा संसदमा बढी सिट जितेको पार्टीले पाँच महिनाको अवधिमा गठबन्धन कायम रहदा रहदै किन आफ्नो सिट गुमायो? तनहुँमा कांग्रेसले दिएको उम्मेदवार तनहुँ जिल्ला भित्रका अब्बल उम्मेदवार हुन। जिल्लामा क्रियासिल भएका शालिन स्वभावका बैतनिक पद प्राप्त नगरेका एक असल पात्र हुन् कांग्रेस भित्रका तर पनि उनले चुनाब किन हारे? तनहुँमा कांग्रेसले मात्र चुनाव हारेन गत मंसिर ४ को चुनावमा दोस्रो मत प्राप्त गरेको पार्टी नेकपा एमाले पनि ठूलो संख्यामा मत गुमायो।
उपचुनावमा ठूलापार्टीहरूको मत कता?
पहिलो गठबन्धनको नेतृत्व गरेको कांग्रेस र दोस्रो गठबन्धनको नेतृत्व गरेको एमाले सहित दुबै ठूला पार्टीहरूको गठबन्धन हार्नुका पछाडि धेरै कारणहरू छन्। एमाले त हारेको मात्र होइन गत मंसिर ४ मा ल्याएको मत पनि प्राप्त गर्न सकेन।
एमालेले गत मंसिरको चुनावमा ल्याएको मत १९ हजार नौ सय ८१ मध्ये बैशाख १० को उपचुनावमा आठ हजार चार सय ८८ मात्र मत पायो । ११ हजार चार सय ९३ मत एमालेको घरबाट बाहिरियो र कहाँ गयो त्यो मत ? यसरी नै कांग्रेसले मंसिर ४ को चुनावमा प्राप्त गरेको २५ हजार तीन सय ६१ मा बैशाख १० को उपचुनावमा २० हजार एक सय २२ मात्र पायो। कांग्रेसको पोल्टाबाट पनि पाँच हजार दुई सय ३९ मत बाहिरयो ।
ठूला पार्टीका १६ हजार सात सय ३२ मतदाताले आफ्नो पुरानो चुनाव चिन्हमा मतदान गरेनन् त्यति मात्र होइन राप्रपाको दुई हजार चार सय ८३ मत मध्ये दुई हजार दुई सय ६५ भोट हलोमा परेन र जम्मा २१८ मतमात्र पर्यो ।
गत स्थानिय निर्वाचनमा ब्यास नगर पालिका,भानुनगर पालिका र देवघाट गाँउपालिका कांग्रेसले जितेको थियो भने बन्दिपुर गाउपालिका नेकपा एमाले र आंबू खैरेनी गाउपालिकामा माओबादीले जितेको थियो।
स्थानिय निर्वाचनको आकडा अनुसार नेपाली कांग्रेसको भानु र ब्यासनगर पालिकामा बर्चस्व कायम थियो भने गत ४ मंसिर २०७९ को निर्वाचनमा पनि कांग्रेसले ४२ वडा मध्ये २७ वडामा अगिल्लो मत प्राप्त गरेको थियो।१० बैशाख २०८० को उपनिर्वाचनमा ४२ वडा मध्ये ७ वटा वडामा झिनोमतले कांग्रेसले जितेको छ। त्यो पनि ब्यासका दुई वटा वडा जुन राष्ट्रपति रामचन्द्र पौडैलको आफनै वडामा ३३ मतले मात्र अगाडि छ भने १४ न वडामा ३५ मतले अगाडि छ।
बन्दिपुर गा पा मा दुई न वडामात्र २७ मतले अगाडि छ। देवघाटका चार वटा वाडामा कांग्रेस झिनो मतले काग्रेस अगाडि छ। जुनवडाहरूमा मतदाताको संख्या पनि कम थियो भने ३५ वटा वडामा रास्वपा धेरै मत सहित अगाडि बढ्यो। यसरी हेर्दा कांग्रेसले जितेका अधिकांस वडाबाट रास्वपालाई मत परेको देखिन्छ।
स्थानिय आकडा अनुसार एक न क्षेत्रमा माओबादीको मत सात हजार देखिन्छ। स्थानिय जनप्रतिनिधि र संघीय प्रतिनिधि छनौट गर्दाको भोट अन्तर धेरै फरक पर्ने भएकोले पनि स्थानिय स्तरमा जनप्रतिनिधिहरूले प्राप्त गरेको मतको संख्या ठूलो हुन सक्छ। त्यसैले गत ४ मंसिर २०७९ निर्वाचन र १० बैशाख २०८० कोउपनिर्वाचनको मतमात्र तुलना गर्न उपयूक्त हुन्छ।
ठूलो मतान्तरमा कांग्रेसले जितेका,एमालेले जितेका र माओबादीले जितेका वडाहरूबाट ठूला पार्टीहरूको मत बाहिरियो। सायद गठबन्धन नभएको भए कांग्रेसको २० हजार एक सय २२ पनि आउन कठिन हुनसक्थ्यो । आकडा अनुसार कांग्रेसको मत पनि ठूलो संख्यामा बाहिरिएको अनुमान गर्न सकिन्छ। यसरी हेर्दा कांग्रेसको मत घट्नु र समानुपातिकमा आएको मत कायम रहनुमा गठबन्धनको भूमिका महत्पूर्ण रह्यो भन्न कठिन हुदैन।
किन हारे त गोविन्द भट्टराई ?
राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसके पछि गोबिन्द भट्टराइको उम्मेदवारी तोक्न ढिलो गर्न हुन्थेन। रामचन्द्र पौडेललाई जिताउन जसरी कांग्रेस र गठबन्धन नेताहरू लागि परेका थिए त्यसरी नै पार्टीले योजना बनाउनु पर्थ्यो। पार्टीको भूमिका नै गोविन्द भट्टराईलाई जिताउने भन्दा पनि बिपक्षी उम्मेदवारलाई गालि गर्नेतर्फ लाग्यो जुन प्रतिउत्पादक बन्यो ।
पार्टीको कारवाहीमा परेका तनहूँका कांग्रेसका सक्रिय कार्यकर्ता देखि जनता सम्मलाई मिलाउने भन्दा चिड्याउने काम गर्यो। विश्व बास्तोला लगायतका भरखरै कांग्रेसबाट कारवाहीमा परेर बाहिरिएका कार्यकर्ताहरूलाई मिलाउन सकेन।
अर्कोतर्फ पार्टी भित्र पार्टीको शुद्धिकरणका लागि लडिरहेको पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहलाई स-सर्त कारवाही फुकुवाको मौखिक घोषणा गरियो। लिखित रूपमा कारवाही फुकुवा गरेको सन्देश दिएर मिलाउन सकेन। जोशी समुहको जनमत कांग्रेसहरूलाई थाहा थियो। जोशी समूहलाई मिलाउने भन्दा पनि चिड्याउने काम गर्यो।
केन्द्रीय समितिले गोविन्द भट्टराई जिताउने नाममा जनतालाई झुट्टा आस्वासन दिने काम सरकार प्रमुखहरूबाट भए जुनकुरा जनताले पत्याउन सकेनन्। जनताले जे चाहेका थिएनन् त्यसै प्रति दबाव दिदाँ भट्टराईको उम्मेदवारी प्रति जनताले प्रश्न गर्न थाले जुन अभियान कांग्रेसको गम्भिर गल्ति थियो।
जनमत सिद्धिएका पार्टी नेताहरूलाई चुनावमा लगानी गर्नु। चुनाव हार्नुका मुख्यकारणहरू थिए। कांग्रेसका उम्मेदवार भट्टराइलाई २० हजार एक सय २२ जना मतदाताले विस्वास गरे। ती सबै मतदाता कांग्रेस मात्र थिए भनियो भने गल्ति हुन सक्छ।
तनहुँको जनमत पुरै विभाजन थियो। केही एमाले र माओबादीका भोट भट्टराईले पाएका थिए भने केहि कांग्रेस एमाले र माओबादीको भोट विशेष गरी युवाहरूको भोट स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेलाई गएको देखियो ।
निर्वाचनको परिणामले के देखायो भने स्वतन्त्र पार्टीका उम्मेदवारले जसरी मत मागे त्यो मत मगाइलाई जनताले राम्रो माने। पार्टी परिर्वत नगरिकन मत मात्र परिर्वतन गर्नोस भनेका थिए उनिहरूले। त्यो सँगसँगै ठूला पार्टीहरू प्रतिको निरासा पनि भट्टराईको हारको कारण बन्यो। त्यति हुदाँहुदै पनि भट्टराइले २०७९ मंसिर ४ मा कांग्रेसले पाएको समानुपातिक मतमा १३६ मत मात्रकम ल्याए। यसरी हेर्दा कांग्रेसको जनमत यथावत छ भन्ने देखिन्छ। तर यसो भनिरहदा गठबन्धनमा रहेका दलहरू प्रति अविस्वास गरेको भन्ने पनि हुन सक्छ।
कांग्रेसले मंसिर ४ मा प्राप्त गरेको समानुपातिक बराबरको मत दिएर गठबन्धनले तनहुँमा कांग्रेसको शाख जोगाइ दिएको कुरा भुल्यौ भने पनि अर्को गल्ति हुन सक्छ। यतिवेला तनहुँ निर्वाचन परिणामको विश्लेषण गर्ने कांग्रेसीहरूले कांग्रेसको मत नघटेको र गठबन्धनको भोट नआएको संस्लेषण गरेका छन्। मत परिणामले पनि त्यहि देखाउछ। भट्टराईले चुनाव हारे पनि कांग्रेसको मत नघटेको परिणामले देखाउछ। हार्दा पनि रमाउन पर्ने कारण बनेकोछ कांग्रेसलाई।
समयमा नै उम्मेदवार तोकेर पार्टी भित्र मेलमिलापको बहस चलाएर कांग्रेसबाट विभिन्न कारणबाट अलग रहेका र भएका नेता कार्यकर्ताहरूलाई मिलाउन सकेको भए भट्टराईलाई हराउन सक्ने तागत कसैसँग हुन्थेन। भइरहेका मतदाता पनि बिच्किने थिएनन।
कांग्रेसका गोविन्द भट्टराईले प्राप्त गरेको मत र जोशी समुहको मतमात्र जोड्दा पनि २७ हजार आठ मत हुन्छ। वाग्लेले प्राप्त गरेको ३४ हजार नौ सय १९ मतमा जोशी समुहको मत घटाउदा २८ हजार ३३ मत हुन्छ।यसरी हेर्दा कांग्रेस मिलेको सन्देश दिएर र गठबन्धन कायम रहेको अवस्थामा कांग्रेसका भट्टराईको जित शुनिस्चित हुने थियो।
यतिबेला कांग्रेसले आफ्नै जनमत बुझ्न नसकेर भट्टराईलाई हराउन पुगेको यथार्थ तनहुँमा झल्किरहेको छ। बैशाख १० को उप निर्वाचनको परिणाम र जनमतले ठूला पार्टीहरूलाई सवक मात्र सिकाएको छैन कि सुद्रनै पर्ने बाध्यकारी अबस्थामा पुर्याएको छ।
(लेखक तनहुँका हुन्: सम्पादक)
र यो पनि…