नेपाली चलचित्र प्रसाद २ अमेरिकामा मे ५ देखी
पेन्सिलभेनिया,अमेरिका / गत शुक्रवार देखी नेपालमा प्रदर्शनमा आएको फिल्म “ प्रसाद २ “ ले गत अप्रिल ३० तारिकदेखी अमेरिकाको डेनभरबाट आफ्नोविदेश प्रदर्शन शुरूवात गरेको छ ।
मे ५ तारिखमा टेक्सासको रिचर्डसन स्थित फन मुभी ग्रीलमा नियमितरुपमा फिल्म लाग्दैछ भनेत्यसको एक सातापछि १२ तारिखबाट टेक्सासकै सिने पोलिस,यूलेशमा पनि नियमितरूपमा प्रदर्शन हुनेभएकोछ ।
यसबाहेक मेमहीनाको दोस्रो साताबाट नै न्यूयोर्क, क्यालिफोर्निया, बाल्टिमोर, भर्जीनिया, ओहायो, बस्टन , नर्थ क्यारोलिना , सिकागोलगायतका स्टेटहरुमा पनि प्रदर्शन गरीने जानकारी फिल्मका अमेरिका वितरक मंजिल श्रेष्ठले गराएका छन् ।
नेपाली समाजमा व्याप्त जातीय विभेद र दलनको कथामा बनेको “प्रसाद “ को सफलता पछी त्यसैको सिक्कोयलका रूपमा “ प्रसाद २ “ बनाईएको हो । बिपिन कार्की , केकी अधिकारी, अर्पण थापा , महेश त्रिपाठी लगायतको अभिनय रहेको फिल्मलाईसुदर्शन थापाले निर्देशन गरेका हुन् ।
प्रिमियर देखिनै अधिकांश सेलीब्रेटी एवं समीक्षक हरुको सकारात्मक प्रतिक्रिया पाउन सफलप्रसाद २ लाई अमेरिकामा रहनुहूने नेपालीहरूको पनि राम्रो साथ मिल्नेमा आफुहरू बिस्वस्त रहेको वितरण कम्पनी माया आर्ट्सका संचालक सुरेस दर्पण पोखरेल बताउछन् ।