अमेरिकी संसदले पारित गर्यो ‘दशै विधेयक’
मेरील्याण्ड, अमेरिका / अमेरिकाको मेरील्याण्ड राज्य संसदले ‘दशै पर्व’ सम्वन्धी विधेयक पारित गरेको छ।
सोमवारको सत्रले दशै पर्व विधेयक पारित गरेको हो। अब अमेरिकामा अक्टोबर पाँच तारिक लाई ‘दशै डे’ भनिने छ। अमेरिकी कानुनी कितावमा नै दशै शब्द लेखिने छ।
‘आज हामी सबैको लागि ठूलो विजयको दिन हो। पाँच वर्षको अथक प्रयास र सहकार्यपछि हामीले अन्ततः दशैं विधेयक पारित गरेका छौं र यो अहिले गभर्नरको डेस्कमा छ।’ विधेयक पारित पछि डेलिगेट्स ह्यारी भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्।
भण्डारी नेपालीमुलका पहिलो अमेरिकी सांसद हुन्। नेपालको पर्वतमा जन्मिएका भण्डारी मेरील्याण्ड संसदमा दोस्रो कार्यकालमा छन्। उनले पहिलो कार्यकालमा नै दशै विधयेक दर्ता गराएका थिए।
‘अब यो गभर्नरले हस्ताक्षर नगरे पनि आफै कानुन बन्छ। भिटो प्रयोग गर्न, भएन त्यसो भए पनि ओभर राईट गर्न मिल्छ (पुन पास गर्ने) त्यस पछि भिटो पनि प्रयोग गर्न पाउदैन।’ मंगलवार बिहान समाज टाइम्स सँगको कुराकारीमा डेलिगेट्स भण्डारीले भने।
‘हाम्रो आफ्नै सरकार छ । त्यस्तो हुदैन।’ गभर्नरले भिटो प्रयोग गर्ने सम्भावनाबारे उनी विश्वस्त देखिन्छन्।
‘नेपाल बाहिर दशैलाई कानुनको किताब मै राखेको सम्भवत यो पहिलो हो। अब यहाँको कानुनमा बस्यो। जतिपनि राज्य संचालन हुन्छ त्यहाँ लेखिन्छ।’ उनी भन्छन्।
दशैमा पशुबलि दिइने हुनाले यो हिँसालाई प्रोत्साहन दिइने चाड भन्दै केही सांसदले यो विधयेकको विरोध समेत गरेका थिए।
‘हाम्रो चाँडको साँस्कृतिक महत्वका बारेमा बुझाउन मैले धेरैनै मेहनत गर्नु परेको हो।’ विधेयक पारित गर्दाका अवरोधबारेमा उनले समाज टाइम्सलाई भने।
दशै विधेयक पारित भएकोमा भण्डारीले सबैलाई बधाई दिएका छन्। ‘म मेरील्याण्ड हाउस र सिनेटमा मेरा सहकर्मीहरू प्रति कृतज्ञता व्यक्त नगरि रहन सक्दिन जसले यस बिललाई वास्तविकता बनाउन मसँगै काम गरेका छन्। तिनीहरूको समर्पण, प्रतिबद्धता र लगनशीलता बिना, हामी आज यो महत्त्वपूर्ण अवसर मनाउन यहाँ खडा हुने थिएनौं।’
उनले अगाडि लेखेका छन्। ‘लामो समयदेखि नेपाली समुदायले पुस्तादेखि मनाउँदै आएको दशैंको पर्वलाई मान्यता नपाएको कारणले गर्दा यो पर्व अस्तव्यस्त भएको छ । तर आज, त्यो परिवर्तन। यो विधेयक पारित भएसँगै हामीले हाम्रो समुदायलाई अद्वितीय र जीवन्त बनाउने परम्परा र चलनहरूको कदर र सम्मान गरेको देखाएको छौँ।’
‘ओह, मेरो हृदय खुशी र उत्साहले फुटेको छ! एक सांसदको हैसियतमा, म पूर्ण रूपमा चन्द्रमामा छु, पाँच वर्षको काम पछि नापभन्दा बाहिर रोमाञ्चित छु!’ विधेयक पारित पछि सांसद भण्डारीले खुसी व्यक्त गरेका छन्।
‘दशैं, दशैं, यो चाडको उल्लेखले मेरो बाल्यकालको सम्झनाको बाढी ल्याउँछ। यसले हाम्रो हृदयमा यस्तो विशेष स्थान राखेको छ, र अब, यसलाई संयुक्त राज्य अमेरिकाको सबैभन्दा पुरानो राज्य घर, मेरील्याण्ड महासभामा राखिएको हेर्नु मात्र वास्तविक हो।’ उनले अगाडि भनेका छन्, ‘के तिमि सोच्न सक्छौ? राष्ट्रपति जर्ज वाशिंगटन र जेफरसन जस्ता महापुरुषहरूले एक पटक यी हलवेहरू र कक्षहरूलाई हेरेका थिए, र अब तिनीहरू सधैंको लागि दशैंको समृद्ध सांस्कृतिक महत्त्वसँग जोडिनेछन्।’