प्रदीपले अमेरिकी नागरिक भएकै कारण क्लव छाडे
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलि रहेका चर्च ब्वाईजका प्रशिक्षक प्रदिप हुमागाईंले क्लब छाडेका छन् ।
अमेरिकी नागरिकता भएका कारण उनले नेपालमा नेपालमा काम गर्नका लागि वर्क परमिट (श्रमस्वीकृति) लिनु पर्ने थियो । श्रमस्वीकृति लिन नसकको कारण देखाउँदै हुमागाईंले क्लब छाडेका सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
ए डिभिजन लिग फुटबलमा अहिलेक छैटौं चरणको खेल चलिरहेको छ । जसमा चर्च ब्वाईज उत्कृष्ट लयमा पनि रहेको छ । अहिलेसम्म १२ अंक जोडेको चर्च ब्वाईज तालिकाको दोस्रो स्थानमा रहेको छ भने जावलाखेल युथ क्ल्ब १३ अंकका साथ शीर्ष स्थनमा रहेको छ ।
प्रदिप अगाडि लेख्छन् । ‘खेलकुद शारिरिक, मानशिक क्षमताको प्रदर्शन मात्र हैन, अनुशासन, निति र नियमको पालना पनि हो । नेपाली फुटवल खेल प्रतिको अगाध माया र यसको सुदृढिकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिए, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लव छोडेको जानकारी गराउन चाहान्छु । क्लव, खेलाडी र फुटवलसंग नेपाली खेल मैदानमा संगै जोडिन नपाउदा खल्लो अनुभूति भएपनि मेरो मन,मस्तिष्क र हृदय भरि नेपाली फुटवलको उज्जवल भविश्य र सफलता सधै रहिरहेको र रहिरहनेछ । जय नेपाली फुटवल ।’
प्रदिप हुमागाई















