देउवा–आरजु गिरोहका कारण कांग्रेस छाडे : स्वर्णिम वाग्ले
काठमाडौैं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेका छन् । सायद उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चा पनि चलिरहेको छ ।
कांग्रेस नेताहरुलाई पत्र लेखेर आफूले नेपाली कांग्रेस छाडेको जनाइएको छ । नेपाली कांग्रेसबाट मंसिर ४ कै निर्वाचनको टिकट आंकक्षा गरेका थिए । उनले चितवनबाट चुनाव लड्ने बताए पनि उनको ठाउँमा विश्व पौडेललाई चुनाव उठाइएको थियो । पौडेल पनि पराजित भएका थिए । अब देशका ३ वटा क्षेत्रमा निर्वाचन हुँदैन ।
स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेमा उनले तनहुँ १ बाट उप निर्वाचन लड्ने सम्भावना रहेको छ । रास्वपाका नेताहरुले पनि स्वर्णिमको उम्मेदवारी पर्न सक्ने संकेत गरेका छन् ।
वाग्लेले कांग्रेस छाडेको उल्लेख गरेको पत्रमा कांग्रेसप्रति आफ्नो अपार सद्भावका बावजुद देउवा–आरजु गिरोहको हेपाइले बस्न नसकेको उल्लेख गरेका गरेका छन् ।
उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन् ।
यस्तो छ स्वर्णिमको पत्र
प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।
अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।
कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।
स्वर्णिम