मन्त्रिपरिषद् विस्तार विहीबार, मन्त्रालयको भागबण्डा मिल्यो
काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीवार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
दश दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँडबारे सहमति जुटेकाले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेर गएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति गरेकाे हाे । जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि विहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए ।
गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।