माओवादी पुनः एकतावद्ध हुनु जरुरी छ : नेत्रविक्रम चन्द
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सिंहहरुको सिकारमा व्वासा र स्यालहरु लागि रहेको टिप्पणी गरेका छन् ।
राजधानीमा आईतबार आयोजीत पत्रकार सम्मेलनमा उनले, कम्युनिष्ट पार्टीहरुलाई सिंहको उपमा दिदैँ उनले भने ‘नेपाली जनताको इतिहासमाथि हमला अझै छ । इतिहासको हत्या गर्ने दुष्प्रयास र दुस्साहस अझ छ ।
हामी इतिहासको रक्षा गर्ने बिन्दुमा आईपुगेका छौँ । नेपाली जनताहरु देशको रक्षा गर्न उभिनु पर्ने छ । इतिहास यहाँ सम्म आईपुग्दा आज जसरी चित्र देख्दै छु । एउटा सिंहहरुको सिकारमा व्वासा र स्यालहरुले लुछाचुडी गर्ने जो खेल नेपालमा चल्दै छ ।’
माओवादी पुनः एकतावद्ध भए उठ्नुपर्ने उनको भनाई छ । ‘हामी निराश हुनुपर्ने जरुरी छैन । आगोको भुँग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ । माओवादी भर्भराउँदै उठ्यो भने यो देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुन्छ ।’
उनले मिटर ब्याजी र लघुवित्तको आतङ्गकले नेपालका मध्यम वर्गीय व्यवसायीहरु आगो लगाएर मर्नुे पर्ने बाध्यता रहेको भन्दै आक्रोस पोखे ।