सांसदलाई संयन्त्रको धन्यवाद ज्ञापन
काठमाडौं । राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले, नेपालको तेश्रो राष्ट्रपतिमा गठबन्धनका उम्मेद्वारलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संयन्त्रको बैठकले २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा गठबन्धनका उम्मेद्वार रामचन्द्र पौडेललाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रपतिमा निर्वाचित भएकोमा पौडेललाई बधाई ज्ञापनगर्दै शुमकामना समेत व्यक्त गरेको संयन्त्रको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति निर्वाचन सफलतापूवर्क सम्पन्न गर्ने निर्वाचन आयोग तथा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनमा सहयोग पु¥याउनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चारकर्मीहरुहरुलाई बैठकले धन्यवाद व्यक्त गर्यो ।