‘पोलेको मकै खाएँ, एकदम मज्जा लाग्यो’ [फोटो फिचर]
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले फेसबुकमा आँफुले बाटोमा पोलेको मकै खाएको फोटो सामाजिक सञ्जाल फेसबुुकमा पोष्ट गरेका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागि भएर फर्किएपछि उनले आफुँले पोलेको मकै किनेर खाएको भन्दै फेसबुकमा फोटो सहितको पोष्ट लेखेका हुन् ।
सञ्जाल फेसबुकमा फोटोसहित लेखेका छन, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’