बित्तीय अराजकता बढ्न थाल्यो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिए ।
कर्मचारीहरूको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउने र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहने उनको भनाइ छ ।
उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनले त्यसलाई समेत मद्दत पुग्ने देखेको बताए ।