अमेरिकाले युक्रेनलाई ४०० मिलियन डलरको सैन्य सहायता गर्ने
अमेरिका/ अमेरिकाले फेरि युक्रेनलाई सहयोग गर्ने भएको छ । राष्ट्रपति जो बाइडने युक्रेनलाई ४०० मिलियन डलरको सैन्य सहायता दिने घोषणा गरेका छन् ।
नयाँ सैन्य सहायता प्याकेजमा ट्याङ्क र सशस्त्र सवारी साधनहरू ढुवानी गर्न आवश्यक पर्ने अस्थायी पुलहरू सहित गोला बारुद समावेश छ ।यसअघि रुस र युक्रेनबीचको युद्धको एक वर्ष पूरा हुनुअघि फेब्रुअरी २० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले कीभको भ्रमण गरेका थिए ।
उनले युक्रेन पुगेर राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति युक्रेन पुगेको यो पहिलो पटक थियो ।
बाइडेनको भ्रमणअघि अमेरिकाले युक्रेनलाई टाढैबाट सैन्य सहयोग गरिरहेको थियो । जो बाइडेनले धेरै पटक घोषणा गरेका छन् कि उनी युक्रेनको साथमा उभिनेछन्। यसपछि युक्रेन पुगेपछि बाइडेनले युद्धग्रस्त देशलाई थप सहयोग गर्ने घोषणा गरेका थिए ।
अमेरिकी राष्ट्रपतिले युक्रेनलाई थप नयाँ हतियार उपलब्ध गराउने बताएका थिए । उनले युक्रेनको सुरक्षाका लागि हवाई निगरानी रडार दिने घोषणा गरे।
यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसलाई युक्रेनमा निर्लज्ज ढंगले आक्रमण गर्ने अनुमति दिनुले सम्भावित आक्रमणकारीहरूलाई पनि त्यस्तै छुट दिने बताए। भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरुको उपस्थितिमा ‘रायसिना संवाद’ को सत्रमा भएको छलफलमा ब्लिन्केनले यस्तो बताएका हुन् ।
‘यदि हामीले रूसले युक्रेनमा के गरिरहेको छ त्यसलाई निरन्तरता दियौं भने, यसले सम्भावित आक्रमणकारीहरूको मनोबल पनि बढ्ने छ, कि हामीहरूले पनि गर्न सक्छौ’ उनले भने ।
ब्लिन्केनको टिप्पणी उनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग दिल्लीमा छोटो भेट भएको एक दिनपछि आएको हो। गत वर्ष फेब्रुअरीमा रुस–युक्रेन युद्ध सुरु भएयता दुई विदेशमन्त्रीको यो पहिलोे भेट हो ।