सातैवटा प्रदेशमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र राखिने : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातैवटा प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति सरकारले अघि सारेको बताएका छन् ।
शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्न सरकारले योजना अघि बढाएको बताए ।
उनले भने,‘सरकारकोतर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाईनेछ । नेपालका रैथाने जडीबुटीको अध्ययन–अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाइनेछ । आवश्यक नीति निर्णय गरिनेछ । यसमा सरकार गम्भिर भएर अघि बढेको छ ।’
आयुर्वेदलाई प्राथमिककता दिन नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै उनले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाले आफ्ना काम गरिरहेको बताए ।
नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण यसको प्रभाव जडिवुटी उत्पादनमा परेको उनको भनाई छ । यस्ता समस्या न्यूनीकरण गर्न सरकार प्रतिवद्ध रहेको पनि उनले कार्यक्रममा बताए ।