केहीले सम्मानलाई ‘बिजनेस’ बनाए : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सम्मानलाई व्यवसाय गर्ने माध्यम बनाउने प्रवृति बढ्दै गएको टिप्पणी गरेका छन् ।
अन्तराष्ट्रिय श्रमिक महिना दिवसको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा उनले जो कोहीका लागि सम्मान पाउने बिषय सहज नभएको बताए ।
उनले भने,‘सम्मान गर्न व्यापारीबाट ५० हजार लियो । अनि तीन चार हजारको एउटा सम्मान पत्र दियो । यो काइदा फाइदाको विजनेशको रुपमा आयो । सम्मानको बाहानामा विजनेश गर्ने प्रवृतिछ । यो गलत हो ।
सबै क्षेत्रबाट सम्मन योग्य काम भएको र सम्मान क्षणभरको कामबाट नहुने हुँदा कडा संघर्ष गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष ओलीले कतिपय व्यक्तिले सम्मानको अर्थ नबुझेर ‘विजनेश’ गर्ने बाटो बनाएको बताए ।


