आठ दलीय गठबन्धन बाहेक अरु उपाय थिएन : गगन थापा
काठमाडौं । काँग्रेस महामन्त्री गगन थापाले १० पुषमा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन भत्काउन लुकेर नभई सबैको सामुन्ने हाकाहाकी प्रयास गरेको बताएका छन् ।
काठमाडौं क्षेत्र नं. ४ सांसद् कार्यालय उद्घाटन गर्दै उनले राजनीतिक दलका नेताहरु बसेर मतदाताले दिएको परिणामलाई अस्विकार गर्ने अधिकार कसैसँग नभएको बताए । काँग्रेसहित आठ दलबीच गठवन्धन बाहेक अन्य बिकल्प नभएको बताउँदै उनले सबै घटनाक्रम सकारात्मक भएको दाबी गरे ।
उनले भने,‘मतदाताले दिएको मत परिणाम अस्विकार गर्ने वा बदर गर्ने अधिकार कसैसँग छैन । यसअघि जसरी दलबीच गठवन्धन भयो । त्यो अधिकार नभएको स्थानबाट भयो । त्यसैले दुर्घटना भयो । नेपालको राजनीति अलमल भयो । दुई महिनापछि हामी फेरि एकै स्थानमा छौं । यो हुनै पर्ने थियो । जे भयो राम्रो भयो । यो बाहेक अरु बाटो थिएन् ।’
१० पुषमा गरेको वाचा अनुसार काम गर्न नसक्दा देशमा दुर्घटना भएको भन्दै त्यसमा काङ्ग्रेसकै कमजोरी रहेको उनले उल्लेख गरे ।
निर्वाचनमा जसले जसलाई भोट हालेपनि अगामी ५ वर्षका चुनाव अघि नै गठबन्धन गरेर आएको हुदाँ प्रत्येक मतको इज्जत गर्दै काम गर्ने बताए ।
१० पुषमा गल्ती भएको महसुस सबैलाई भएको हुनाले नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदको लोभ नगरि अहिलेको गठबन्धनमा आएको बताए । महामन्त्री थापाले अब केन्द्रमा र सातै वटा प्रदेशमा ५ दलीय गठबन्धनको सरकार बन्ने पनि दाबी गरेका छन् ।