गठबन्धन टुटेपछि एमाले नेता थापा आक्रोसित : प्रधानमन्त्री प्रचण्डलाई छेपारोको संज्ञा
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिएका छन् ।
सांसद समेत रहेका थापाले सामाजिक संजाल फेसबुकमा कीर्तिमानी छेपारो महोदय, शीर्षकमा लामो स्टाटस लेख्दै प्रचण्डप्रति आक्रोस पोखेका हुन् ।
उनले राष्ट्रपति निर्वाचनको संघारमा एमालेलाई धोका दिएर गठबन्धन टुटाएको भन्दै प्रचण्डलाई नियुक्तिको बेला साथ दिएका अधिकांश दलहरूले छोड्दा पनि पदमा टाँसिएर बसेको आरोप लगाएका छन् ।
उनले फेसबुकमा लेखेका छन् ‘नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला ? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो ?’ ।
प्रधानमन्त्री प्रचण्डलाई अहिले ७९ जना सांसदको मात्र समर्थन अहिले उनको दाबी छ ।
उनले लेखेका छन्, ‘१९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजीनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै, अब बाँकी रह्यो–७९ मात्रै।’