सर्वसम्मत राष्ट्रपति बन्न ओलीको सहयोग रहने पौडेलको विश्वास
काठमाडौं । राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले आफुलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
उम्मेद्वारी दर्तापछि, उनले राष्ट्रपतिमा सर्वसम्मत बत्रे आफ्नो इच्छा रहेको भन्दै संगै जेलमा बसेका एमाले अध्यक्ष ओलीले सहयोग गर्ने विश्वास ब्यक्त गरे । उनले भने
‘मैले सर्वसम्मत बत्रे इच्छा गरेको हो। निर्वाचनको दिनसम्म हुन्छ कि कोसिस रहन्छ। मैले अपेक्षा गरेको छु। एमाले अध्यक्ष ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो। पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भत्रे विश्वास लिएको छु।’
संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्नु अहिलेको चुनौती भएको बताउँदै आफुले जिते आफुले त्यसको सुदृढिकरणका लागि भुमिका खेल्ने बताए।