त्रिशंकू संसदमा गठबन्धन भ्यागुताको धार्नी मात्रै, यो गठबन्धन दिगो हुन्छ भन्ने ग्यारेन्टी छैन् : पूर्व प्रधानमन्त्री खनाल
काठमाडौं / एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले यो गठबन्धन पनि दिगो हुनेमा शंका व्यक्त गरेका छन् ।
बङ्गलादेशको तीनदिने भ्रमण सकेर फर्किने क्रममा आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग नेता खनालले, निर्वाचन भएको तीन महिनामा तीनवटा गठबन्धन बनेको भन्दै यो गठबन्धनको आयु पनि दिगो नहुने टिप्पणी गरेका हुन् ।
‘निर्वाचन भएको तीन महिनामा तीनवटा मात्रै गठबन्धन देखा परेका छन् । यो गठबन्धनको शृङ्खला आगामी पाँच बर्षमा हामीले धेरै देख्न पाउने छौै।, खनालले भने, ‘त्यसैले यो तेस्रो गठबन्धन मात्रै हो । त्यसैले यी गठबन्धनबाट देशले धेरै ठुलो पाउनेछ भन्नेमा मलाई विश्वास छैन ।’
उनले अहिलेको जस्तो संसदमा गठबन्धनको आयु लामो नहुने भन्दै यो गठबन्धनलाई पनि भ्यागुताको धार्नीको संज्ञा दिए ।
उनले भर्ने त्रिशंकू संसदमा कुनैपनि गठबन्धनको आयु लामो हुदैन ।त्यसैले सामान्यत त्रिशंकू संसदका गठबन्धन भ्यागुताको धार्नी मात्रै हुन् त्यसैले दिगो हुन्छ भन्ने कुनैपनि ग्यारेन्टी छैन् ।’