राष्ट्रपति निर्वाचनमा नेम्बाङको उम्मेदवारी स्वागतको विषय बन्ने अध्यक्ष ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरेका छन् ।
राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरागर्दै अध्यक्ष ओलीले आफ्नो दलले उठाएको उम्मेदवार दाउपेचको उम्मेदवार नभएकाले अत्याधिक मतका साथ विजय हासिल गर्ने विश्वास व्यक्त गरे।
उनले भने ‘हामीले विश्वास गरेका छौ हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होईन स्वागतको विषय बन्ने छ । नेपाली जनताको साथ सहयोग पाउने छौ र अत्याधिक मतका साथ विजय हासिल गर्ने छौ भन्ने विश्वास छ किन भने हामीले उठाएको उम्मेदवार दाउपेचको उम्मेदवार होइन ।’
उनले एउटा चक्र पूरा नगरी १० पुसमा भएको सहमति यताउता हुन नसक्ने भन्दै यसमा सहमत सबै पक्षले आफ्नो कमिटमेन्ट पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएको बताए ।
उनले भने ‘वर्तमान सरकार गठन गरेको बेला पुष १० गते नै तय भैसक्या थियो । यसमा सहमत सबै पक्ष यसमा प्रतिवद्ध भएर आफ्नो कमिट्मेन्ट पुरा गर्ने विश्वास लिएका छौ । कोही पनि पछि नहट्ने विश्वास छ । जुन सम्झौता गरेका छौं त्यो पुरा नगरि यताउता केही हुन्छ भन्ने सबै हल्ला हो ।’
उनले ८ दलले नयाँ गठबन्धन बनाइसककोे भन्ने कुरामा प्रधानमन्त्रीले बोलाएर केही नेताहरु बसेको भन्दै २५ गते थाहा पाउनुहुन्छ सबैले भन्ने प्रतिक्रिया दिए ।