‘राजिनामा दिन दबाब आयो’ : मेयर बालेन शाह
काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजिनामा दिनका लागि दबाब आएको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुक मार्फत आफूलाई मेयर पदबाट राजिनामा दिनका लागि दबाब आएको भन्दै यो देश कहिले नबन्ने बताएका हुन् ।
उनले लेखेका छन् ‘मेयर पदबाट मलाई आज राजिनामा दिन लगाउँदैछन् । यो देश कहिले पनि बन्दैन् ।’
तर बालेनले कसले राजिनामा दिन लागाउँदैछन् भन्ने खुलाएका छैनन्।