सेनकानसेसको यात्रा…
कमल खनाल
मलाइ पुःन जापान यात्राको मौका मिल्यो। मेरा मित्र इन्जिनियरले यो मौका मिलाएका थिए। साथमा अर्का इन्जिनियर पनि थपिएका थिए। समय २०१० को थियो। हाम्रो यात्राको चाजो पाजो मिलाउने अरू दुइ मित्रहरू थिए। जसलाइ केही न केही गरौ भन्ने हुटहुटी थियो। त्यसैले त हामी जापान पुग्यौ।
जापान एम्बेसीले मलाइ आधा घन्टाको समय लियो अन्तर्वताका लागि। टिकट हङकङ हुँदै जाने थियो। जहाजको यात्रा एक दिन भरिको थियो। हङकङमा तीन घन्टाको ट्रान्जिट थियो। हङकङ एयरपोर्टमा नेपालीहरू पुगे पछि छुट्टै कोठामा राखेर ट्याग लगाएर बाहिर निकाल्दो रहेछ। मैले यो पटक अलि अपमानित भएको महशुस गरे।
म दोस्रो पटक जापान जादै थिए। मेरा मित्र इन्जिनियरलाइ भने छोडिदियो। म लगायतका सबै निगरानिमा परियो। २० मिनटको समय लिए उनिहरूले इमिग्रेसन क्लियर गराए। काठमाण्डौबाट जापानका लागि जहाजमा यात्राको समय केवल ६ घन्टा केही मिनट लाग्ने रहेछ।
५१ सय ७० के एम पार गरे पछि जापान पुगिदो रहेछ। जापान र चाइनाको पूर्वतर्फको समुद्र पार गर्नु पर्ने रहेछ जापान पुग्न। जापान नेपालको नजिकैको मुलुक हो र नेपाललाइ माया गर्ने मुलुकमा पर्छ जापान। जापानको बिकास एशियाकै नमुना रहेछ।
हामी जापानको समय अनुसार बेलुकाको पाँच बजे टोकियो पुगेका थियौ। एयरपोर्टबाट गाडीमा गइयो। झण्डै एक घन्टा पार गरेर टोकियो शहर पुगियो। टोकियो शहरको दुई माइल पर चोमे आकासाका मिनाटो सिटीमा रहेको होटल एसिया सेन्टरमा भारि बिसाइयो।
चार वटा कोठा बुकिङ्ग रहेछ। कोठा साना थिए। एक रातको २८.९७ डलर पर्नेरहेछ। टु स्टारको होटल रहेछ। तर सुबिधा पनि त्यस्तै थियो। त्यो रात हामीले त्यहि होटलमा बितायौ। भोलि पल्ट हिरोसिमा जाने भयौ। जापानमा बुलेट ट्रेनको यात्रा महङ्गो हुने रहेछ। हिरोसिमा पुग्न दुई देखि दुई सय तीस डलर तिर्नु पर्ने ।
टोकियोमा मानिसहरू हरेक पेसामा संलग्न भएका हुन्छन। नत्र त्यति महङ्गो शहरले मानिसहरूलाइ कसरी बचाउन सक्थ्यो होला र?एक ठाँउमा मात्र काम गरेर टोकियोमा बास बस्न सकिन्थेन होला र पहिलो काम सकेर आउदा ढिला भयो र एक बज्यो होला।समय र सन्दर्भले उनलाइ साथ दिएन। केहि समयको अन्तरमा म पनि त्यहि पुगे उनी बिलिङग गरिरहेका थिए।
मैले भने तपाइले कुनै पनि बील तिर्न पर्दैन। उनि हाँसे मैले सोधे के को बील तिर्नु भयो? उनि फेरि पनि हाँसे।हाँसोले शंका जन्मायो। मानिसको त्यसै पनि मन शंकालु हुन्छ त्यसमा पनि प्रष्ट कुरा नगरि हाँसीमात्र रहनुले त्यो रातले उनलाइ हसाउन सिकाएछ। उनले मलाइ बिस्तारै भन्दै थिए। उनले कुरा गर्दा गर्दै हातमा लगाएको घडी खोले फेरी लगाए उनको मन अस्थिर थियो ।
मैले थाहा पाए पछि अरूले थाहा नपाउन भनेर अलिपर रहेको शोफालाइ साक्षी राखेर सुनाए उनले।सम्पन्न मुलुकमा सबैकुरा ब्यबस्थित हुन्छन भन्ने प्रमाण थियो त्यो। उमेर अनुसारको काम र काम अनुसारको दाम त्यो आम्दानीमा लाग्ने करले मुलुकलाइ सम्पन्न बनाउन मद्धत पुर्याउछ र मानिसलाइ बाँच्ने कला सिकाउछ। जापानको सुशासन त्यसैमा पनि थियो। होटेलले कर तिर्नु पर्ने हुन्थ्यो र हरेक इभेन्टमा बिलिङग हुनेरहेछ। पेसागत इमान्दारिता सबैमा हुनेरहेछ। होटलको बील तिरेर निस्क्यौ।
हामीले जेआर पास किनेर लगेका थियौ। जुन पास भारतमा किन्न पाइने रहेछ। एउटा पासलाइ नेपाली २५ हजार पर्दो रहेछ। सबैले किनेर लगेका थियौ। जेआर पासले धेरै पैसा बचायो। नोजामी,मिजुन,हायाबुसा र कोमाची नामका बिभिन्न क्लासका सिनकान्सेसहरू रहेछन। ग्रीन कार, साधारण र ग्रीन ग्लासका सिटका स्तरहरू कायम गरिएका हुनेरहेछन्। सिन्कानसेसको यात्रा र जहाजको यात्रा उस्तै हुने रहेछ। ट्रेन भित्र सिट पनि २+२,३+२ र २+१ गरेर मिलाइएको हुदोरेछ।
होकाइडो सिन्कानसेसको सीट ब्यबस्था त जहाजको बिजिनेस क्लासको सिट बराबरको हुनेरहेछ। यात्रा पनि रमाइलो र हावासरी कुद्ने सिनकानसेसले टोकियोबाट हिरोसिमा सम्म आठ सय १६ किमीको दुरी चार घन्टामा पार गर्दो रहेछ। जसरी सिनकानसेस कुदिरहेको हुन्थ्यो त्यसरी नै मेरो आँखा सिनकानसेस सँगसँगै दौडिरहेको हुन्थ्यो। मनले त सिनकानसेसलाइ पनि उछिनिरहेको हुन्थ्यो पुरै जापानको दृश्यलाइ एकै ठाँउमा राख्न चाहिरहेको थियो मेरो मनले।
बिशाल भिमकाय बुद्धको मूर्ति पनि देखियो। मेरो अनुमानमा त्यो बुद्धको मूर्ति पचासौ कि मी टाढा हुनु पर्छ। तर पुरै पर्यटकको ध्यान तान्न सक्ने गरि बनाइएको रहेछ। सिनकानसेसको आकार र स्वरूप पनि जहाजकै जस्तो हुने रहेछ। ऐतिहासिक शहर हिरोसिमाको दृश्याबलोकनका लागि गएका थियौ। जापान भन्ने बित्तिकै जो कोहिले सम्झने नाम हो हिरोसिमा र नागासाकी। धेरै पछि अर्थात १९६४ मा जापानमा भएको समर ओलम्पिकले टोकियोलाई चिनाएको रहेछ।
टोकियो ओलम्पिकलाइ ध्यान दिएर जापानको पुरानो राजधानी क्योटो शहरमा क्योटो टावर निर्माण गरिएको रहेछ। एक सय ३१ मी (४३०फिट)अग्लो टावर सन् १९६३ मा शुरू गरेर १९६४ डिसेम्वर २८ मा पर्यटकहरूलाइ खुल्ला गरिएको रहे छ। त्यति बेलानै जापानको तेस्रो अग्लो टावर एक बर्षमा सम्पन्न गरिएको रहेछ। हाम्रो धरहरा निर्माण गर्न दुइ बर्ष भन्दा बेसि लाग्यो होला। काम गराइमा कत्रो अन्तर।
नेपालीहरू आफैलाइ हेरेर काम गर्छन। जापानीजहरू भावि सन्ततिलाइ हेरेर काम गर्ने रहेछन। इन्जिनियरहरू साथमा भएकाले सडक निर्माण देखि पुल र ठुला भवनहरूको निर्माण र प्रयोग हुने कच्चा पदार्थ र त्यस्को संमिश्रणका बारेमा पनि हेर्ने बुझ्ने काम गरिएको थियो। आश्चर्य लाग्ने कुरा के थियो भने बालुवाको प्रयोग। कस्तो बालुवा प्रयोग गर्ने? हामीले हेरेकै हौ। त्यो बालुवाको क्वालिटी र सिमेन्टको संमिश्रण मा निर्माण गर्न सक्ने हो भने नेपालका बाटो र पुलहरू सैयौ बर्ष सम्म केहि हुने थिएनन होला जस्तो लाग्छ।
माटो चुहिने बालुवाको प्रयोग गरेर हामीले निर्माणकार्य गरिरहेका हुन्छौ। कति ठूलो अन्तर छ इमानदारितामा। त्यहाँ र यहाँ। हाम्रो नियत १० /१२ बर्षमा भत्कियोस र पुन बनाउन पाइयोस भन्ने हुनेरहेछ। उनिहरू एक सय बर्ष टिकोस र नयाँ नयाँ इन्नोभेसनबाट एक सय ५० देखि दुई सय बर्ष सम्म टिक्ने निर्माण गर्न पाइयोस भन्ने हुदोरहेछ। उनिहरूको कुरा सुन्यौ र छक्क पर्यौ। तब न हिरोसिमाले आफूलाइ १५ बर्षमा दुरूस्त बनाएको रहेछ। यो १५ बर्ष भनेको सन् १९९४ पछिको हो जतिबेला मैले हिरोसिमा पहिलो पटक देखेको थिए।
हामीले हिरोसिमा छोड्यौ। सिनकानसेसको आरामदायी यात्रा रोजियो। खानका लागि सामान किनियो र टोकियोका लागि हिडियो। रमाइलो ठट्टा गर्दै। एकछिन आफ्नै उमेरलाइ समेत भुल्ने गरि हासियो। त्यो यात्राले कसैलाइ सम्झन दिएन। आँखाले धेरै प्यासहरू मेटायो। सिनकानसेसले टोकियोको यात्रा पुरा गर्यो। त्यो रात बिताउन पनि होटल एसिया सेन्टरमा नै पुग्यौ। अर्को दिन हामी क्योटो शहर घुमेर होक्काइदो जाने कार्यकम बनायौ।
जेआर पास भारतबाट किनेर नलगेको भए ट्रेनको यात्राले सिरिखुरी नै पार्ने रहेछ। हामी क्योटोको यात्रामा निस्कियौ। टोकियोबाट क्योटो सिनकानसेसमा दुई घन्टा १५ मिनेट लाग्ने रहेछ। यात्रा नरमाइलो कतै भएन। हामीसबै एकै उमेरका थियौ। होटलको एक्स्ट्रा बील तिर्ने इन्जिनियर बाहेक। उनि ५७ को हाराहारीमा थिए। क्योटो पुगियो।
क्योटो टावरबाट रातको दृश्य अत्यन्तै मनमोहक र सुन्दर देखिने रहेछ। करिव …स्टोरीको टावर थियो। क्योटो शहर पुरै देखिने गरि निर्माण गरिएको रहेछ क्योटो टावर। बाइनाकुलर जडान गरिएको टावरमा फुड कोटको समेत ब्यबस्था थियो। ट्रेन स्टेसनको नजिकै रहेको क्योटो टावर चड्न मानिसको भीड नै हुनेरहेछ। तीन डलरको टिकट लिएर चड्नु पर्थ्यो टावर।
टच स्क्रीनको समेत ब्यवस्था थियो। जहाँ स्क्रीनमा बिभिन्न शहर का मुख्य भागका चित्रहरू थिए। त्यसलाइ वाइनाकुलरले हेर्न सकिन्थ्यो। क्योटो टावरको आर्किटेक इन्जिनियर “मानोरू यामदा र स्टक्चरल इन्जिनियर माकातो टानासासी”रहेछन। संमृद्ध जापानको कल्पनामा थिए होलान र जापानले गरेको विकासको चमत्कार देख्न पाइएको थियो।
जापानमा अन्य टावर पनि थिए। अर्को स्काइ ट्रि टावर बनाईदै थियो भने टोकियो टावरोको उचाइ क्योटो टावरको भन्दा बेसी थियो। क्योटोलाइ पनि संगै मनमा लिएर हिडियो। मियाजिमा अक्वारियम हेर्न। पानि जहाज चडेर जानु पर्ने रहेछ। मियाजिमा अक्वारियम हेर्न। सामुन्द्रिक जीवनलाइ कति ब्यबस्थित गरेर राखिएको रहेछ। समुन्द्र भित्र पसेर हेरे जस्तै भान हुने समुद्रमा पाइने सबै जाति र प्रजातिका जीवहरू यथेष्ट देखेर आन्नद लिन पाइने रहेछ। हरिण र मृगहरू शहरका बीच बीच मा निसंकोच हिडिरेका देख्न पाइन्थ्यो। प्रकृतिको सौन्दर्यतामा अझ बडी मानव निर्मित बिषयहरूलाइ दुरूस्त मिलाएर राखिएको पाइन्थ्यो।
जापानमा कति कुशल र योग्य इन्जिनियरहरू थिए होलान र सामुन्द्रिक टापुलाइ बस्न योग्य बनाए र जापान भन्ने बनाए । मियाजिमा पछि फेरि शुरू भयो ट्रेनको यात्रा ,पानि जहाजबाट हामी फर्कियौ। हामी ट्रेन स्टेसन पुग्यौ र होक्काइदोका लागि हिडियो। सायद अब हामीले ,क्योटो र हिरोसिमालाइ पुन स्पर्श गर्न नमिल्ने गरि हिडेका थियौ। होक्काइदोको यात्रा पनि सेनकानसेसमा नै भए जस्तो लाग्छ। यात्रा लामो थियो। हाम्रो मुख्यालय नै होक्काइदो नै थियो।
जापान यात्राको निचोड निस्कने र निकाल्ने स्थान नै होक्काइदो थियो। जे उद्धेश्यका लागि गएका थियौ। त्यहिबाट उद्धेश्यका प्रारूपहरू शुरू भए। निर्माणाधिन बिल्डिङ्गहरू ,पुलहरू र सडकहरू हेर्ने र अवलोकन गर्ने काम सुरू गरियो। निर्माण सामाग्रीको उतपादन र त्यसको शुद्धता र प्रयोग बिधि हेरे पछि त्यसको बिश्लेषण सहित होक्काइदोको सामान्य ज्ञान तर्फ लाग्यौ। चारै तिर समुद्रले घेरिएको टापु रहेछ होक्काइदो।
जापानको उतरी भाग रसियाको नजिक पर्दो रहेछ। बिशेष त होक्काइदो अत्यधिक भूकम्पिय जोखिम भएको स्थान रहेछ। भोल्क्यानोज र सुनामी प्रभावित क्षेत्रका रूपमा चिनिदो रहेछ। नेसनल पार्कहरू प्रसस्त रहेछन। त्यस्तै नेचुरल पार्कहरू होक्काइदोको स्रोतको मुख्य अंश रहेछ। होक्काइदोको मुख्य सिटी हाकोडेट सिटी रहेछ। माउन्ट हाकोडेट बे र सिटीले घेरिएको उच्च भूभागमा रहेको माउन्टेन्ट रहेछ। त्यहा जान रोपवे र हाइकिङ्गको प्रयोग बढी हुनेरहेछ। रमाइलो यात्रालाइ छोट्याउनु पर्दाको असन्तोष सबैमा थियो।
अब हामी फर्क्यौ टोकियो तिर। सेनकान्सेसमा अन्तिम यात्रा हुदै थियो। यात्राको रमाइलो हामीबाट टाढा हुदै थियो। इन्जिनियरको काउकुती मेटिएको थिएन। उनले बिस्तारै मुख खोले तर अझै लजाए। लज्जा अझै सिद्धिएको रहेनछ। हामी भन्दा उमेरले पुराना थिए। उपद्रो गर्न पनि उनै सिपालु रहेछन। हास्दै लजाउदै कुराको गाठो फुस्काए। आँखा मिच्दै सेनकानसेसको यात्राको मजा लिइनै रहे।
र यो पनि …
(लेखक राष्ट्रिय खेलकुद परिषद्का सेवा निवृत्त बरिष्ठ अधिकृत हुन्।)