दिपेन्द्रसँग ५ घन्टा
मलाई पू:न अष्ट्रेलिया जाने अवशर मिल्यो। त्यो अवशर सेप्टेमबर १५ देखि अक्टोबर १ ,२००० मा सिड्नीमा भएको ओलम्पिकले दिएको थियो।थाइ एयरलाइन्समा नै थाइल्याण्ड पुगियो। मलाइ कमन कोल्डले सताइ रहेको थियो। करिव ५ घन्टाको ट्रान्जिट समय बिताउन मलाइ मुस्किल भइरहेको थियो।
थाइल्याण्डको तापक्रम बढि नै थियो। चिसो पेय पदार्थको प्रयोगले मानिसहरूले तत्कालको आनन्द लिरहेका हुन्थे। तर मैले तातो पानिको प्रयोग गरिरहे। बिछट्टै गर्मी हुने ठाँउ हो थाइल्याड। मैले तातो पानि माग्दा र प्रयोग गर्दा देख्ने मानिसहरूले म प्रति फरक धारणा बनाएका थिए। यस्तो सारो गर्मीमा पनि तातो पानि खाने कस्तो होला ? धेरैको मनमा परिरहेको थियो।
पाँच घन्टाको ट्रान्जिट पछि थाइ एयरलाइन्सको डबल डेकर जहाज चडियो। पहिलो पटक यति ठूलो र दुइतला भएको जहाज चड्ने र देख्ने मौका मिलेको थियो। त्यस पछिका दिनमा त्यस्तो जहाज न देखेको छु न चड्ने मौका पाएको छु। अहिले डबल डेकर जहाजले उडान भर्छ कि भर्दैन मलाइ थाह छैन।
रातको ११ बजेको समय थियो। जहाजको माथिल्लो तलामा गएर बसियो। पृथ्बी भन्दा धेरै नै माथि पुगेको अनुभव भइरह्यो। जहाज ठूलो र अग्लो थियो। मलाइ अनौठो लाग्नु स्वभाविक थियो। मलाइ जस्तै अनुभूति अरूलाइ पनि भएको थियो होला। एकले अर्कोलाइ भन्ने कुरा भएन।
जहाजले १० घन्टा लामो दुरीको यात्रा तय गर्यो। मेरो मनमा धेरै कुरा खेलि रहे। जहाजले उचाइ लिदा एकचोटी मेरो मन बिचलित भएको थियो।
रातको यात्रा निद्राले हैरान बनाएको थियो। कतिबेला निदाएछु थाह भएन। उठ्दा जहाज इन्डियन ओसन माथि उडिरहेको थियो।
उज्यालोले बिस्तारै स्पर्स गरिरहेको थियो। जहाजले पूर्बको यात्रा गरिरहेको थियो। जति जति पूर्ब लाग्यो त्यतिनै उज्यालोले स्वागत गरिरहेको हुन्थ्यो। सूर्यका किरणले समुद्रको पानि टल्कि रहेको थियो। साना साना पहाडहरू माथि सुनौलो घामका रेसाहरूले रमाइलो बनाइरहेको थियो।
स्वच्छ र सुन्दर मौसमले प्रकृतिलाइ उत्तेजित बनाइरहेको थियो। जहाजले बिस्तारै गन्तब्य छोट्याइरहेको थियो। जहाजले इन्डियन ओसनको सिमा पार गर्यो। भियतनाम ,मलेसिया, सिंगापुर र इन्डोनेसिया हुदै टिमोरा सी पार गर्यो र अष्ट्रेलियाको भूमिमा प्रवेस गर्यो भीमकाय जहाजले।
अष्ट्रेलियन समय अनुसार बिहानको ८ बजे जहाजले सिड्नी अन्तराष्ट्रिय बिमान स्थलमा अवतरण गर्यो। म ओलम्पिकमा सहभागि हुन अष्ट्रेलिया गएको थिए। सिड्नी यएरपोर्टको इमिग्रेसनमा मलाइ रोकियो। मेरो एक्रिडेसन कार्डले काम गरेन। मेरो लागि एक्रिडेसन कार्ड नै भिषा थियो। तर मेरो एक्रिडेसनकार्ड लाइ निस्क्रिय तुल्याइएछ।
ओलम्पिक खेलको दृश्यलाइ आँखा भरि समेटेर सिड्निको यात्रा तय गरेको थिए। कमै मानिसले ओलम्पिक सहभागिताको अवसर प्राप्त गर्छन। त्यस्तै अवसर प्राप्त गर्नेमा म थिए। मेरो एक्रिडेसन कार्ड कुनै रोयल फ्यामिली मेम्बरलाइ दिइएको रहेछ। पछि मलाइ एक्रिडेसन कार्ड प्राप्त भयो र सिड्नीको इमिग्रेसन पार गरियो।
कसले किन गरेको रहेछ पछि मात्र थाह भयो। तत्कालिन यूवराजधिराज दिपेन्द्रको टीममा आएका मध्ये एकलाइ मेरो कार्ड दिइएको रहेछ। धन्दै म ओलम्पिक खेल हेर्नबाट बन्चित भएको थिए। भिलेजको कोटामा भने मलाइ पारिएन। ठूलो संघर्ष बीच सिड्नी ओलम्पिकमा सहभागी भएको थिए।
कोहि दरवारिया , कोहि मन्त्रीका र कोहि ओलम्पिकका मानिसहरू थिए। म शुद्ध कर्मचारीको हैसियतमा गएको थिए। काठमामाण्डौमा नै डलरका बिषयमा कुरा उठेको थियो। सरकारबाट पैसा माग्ने र ओलम्पिकका पदाधिकारीहरूले प्रयोग गर्ने चलन अहिले पनि चलिरहेको छ।
मैले मेरो स्ट्याटस अनुसारको रकम नदिए सहभागी हुन्न भनेको थिए। मैले आफ्नो अधिकार खोज्दा खेलाडीहरू समेतलाइ फाइदा भयो। धेरै पछि ओलम्पिकमा सहभागी हुने खेलाडीहरूको भत्ता बड्यो। मैले नियमानुसारको रकम मागेको थिए।
ओलम्पिक भिलेज बस्न नपरे पछि म दिनेश को घरमा गएर बसे। बाहिर बस्दा भिलेज भित्रको अनुशासनको पालना गरिरहन परेन। सिड्नीका मुख्य ठाँउ पुरै घुमियो। मलाइ अष्ट्रेलिया प्रवेश गर्दा समेत कमनकोल्डले दुख दिइरहेको थियो। मलाइ एकजना मित्रले चिसो खादा केहि हुदैन भने र खान कर गरे।
मलाइ पनि लाग्यो सम्पन्न मुलुकमा आएको छु। केहि भइहाले उपचार त होला नि जस्तो लाग्यो र उनले भने अनुसार नै पिउन थाले। परिणाम सकरात्मक आयो। मलाइ अष्ट्रेलिया बसिन्जेल केहि भएन। रोग सन्चो भयो। म्याक डोनाल्डको नाम सुनेको थिए। स्वाद लिनेकाम पनि गरियो।
ठुला खेल इभेन्ट्सहरूको आयोजनाले त्यस देशको आर्थिक स्तरमा बृद्धि हुने भएकाले खेल आयोजनाका लागि प्रतिस्पर्धा हुने रहेछ। तत्कालिन ओलम्पिक कमिटिका अध्यक्ष सामारान्चले ओलम्पिक जीवनको सबै भन्दा राम्रो र सफल खेल आयोजना भनेर घोषणा गरेका थिए सिड्नी ओलम्पिकलाइ। अष्ट्रेलियाले ब्रीसवेनको कुइन्सलेनमा २०३२ मा ३५ औ संस्करणको ओलम्पिक खेल २३ जुलाइ देखि ८ अगष्टसम्म आयोजना गर्दैछ।
जापान पछि दोस्रो ठूलो र सम्पन्न मुलुकको भ्रमण थियो मेरो। बिकासले धेरै ठुलो फड्के मारिसकेको रहेछ अष्ट्रेलियाले। हार्बर ब्रीज र ओपेराहाउस पर्यटकीय आकर्षणका मुख्य केन्द्र थिए । हार्बर ब्रीज अनौठो प्रकारले बनाइएको थियो। ओपेराहाउसको डिजाइन इन्जिनियरिङ्ग पढ्ने र त्यस क्षेत्रमा काम गर्नेहरूका लागि कठिन अध्ययनको बिषय थियो।
ठूला पानी जहाजहरू आउदा ब्रीज खुल्थ्यो र बन्द भए पछि गाडी गुड्ड्थे गजवको टेक्नोलोजिको उपयोग गरिएको रहेछ ब्रीज निर्माणमा। रिभल्भिङ्ग रेष्टुरेन्ट अर्को आकर्षणको केन्द्र थियो। जहाबाट सिड्नी शहरको दृश्याबलोकन थाहै नपाइ गर्न सकिन्थ्यो।
क्रुज अर्को पर्यटकिय आकर्षण थियो।क्रुजमा जलयात्राको आनन्द पनि लिइयो। क्यानेडिएन पानि जहाजले अष्ट्रेलियासम्मको यात्रा गरिरहदो रहेछ। पानि जहाजको स्वरूप र आकार पनि नजिकबाट देखियो। फाइभ स्टार लेभलको सेवा सुविधा उपलब्ध हुने रहेछ। अष्ट्रेलियाको स्थल क्षेत्र प्रवेस नै नगरिकन हप्ता दिनसम्मको अष्ट्रेलियाको दृश्याबलोकन गरेर फर्कने रहेछ पानि जहाज।
पहिला अष्ट्रेलियाको करेन्सीलाइ पनि स्टर्लिगं पौण्ड भनिदो रहेछ। १९१० मा शुरू भएको पौण्डको प्रचलन १९३१ सम्म रहेछ। त्यति बेला यस्को भ्यालु १=१ स्टर्लिङ्ग पौण्ड रहेछ। धेरै पछि मात्र ,३५ बर्ष लागेछ स्टर्लिङ्ग पौण्डबाट अष्ट्रेलियन डलरमा कनभर्जन हुन । १४ फेब्रुअरी १९६६ देखि अष्ट्रेलियन डलर प्रचलनमा आएको रहेछ।
बेलायतको अधिनमा रहे पनि संसारको पहिलो मुलुक रहेछ अष्ट्रेलिया जसले १९०१ मा महिलाहरूलाइ भोटको अधिकार दिएको रहेछ। ४० हजार बर्ष देखि अष्ट्रेलियामा बसोबास गर्दै आएका आदिबासीहरू जुन समुदायलाइ अहिले पनि एबोरजिनल का नामले चिनिदा रहेछन। अहिले पनि सरकारले त्यो समुदायलाइ प्राथमिकतामा राखेर काम गर्ने रहेछ।
अष्ट्रेलियाको ट्रेनमा राम्रो र भरपर्दो यात्रा हुनेरहेछ। ओलम्पिक खेलका कारण एक्रिडेसनकार्ड भएका ओलम्पिक सहभागी मानिसहरूका लागि अष्ट्रेलिया न्यूसाउथ वेल्स भित्र ट्रेनको यात्रा फ्री गराएको थियो। त्यसको उपयोग पनि राम्रैसँग गरियो। मैले पहिलो पटक ट्रेनको यात्राको प्रारम्भ अष्ट्रेलियामा गरेको थिए।
अष्ट्रेलिया मलाइ रमाइलो लागिरहेको थियो। दिनेशले मलाइ धेरै साथिहरूकोमा पुर्याएका थिए। सबैको जीवन खुशी देखिन्थ्यो। अष्ट्रेलियामा वीचको आनन्द पनि प्राप्त गरियो। धेरै वीच मध्ये बोन्डाइवीच नाम चलेको वीच थियो त्यस वीचको दृश्याबलोकन आनन्ददायी थियो। अष्ट्रेलियामा ९० भन्दा बेसी समुद्रीतटका खेल्ने ठाउ अर्थात वीचहरू छन।
रामकृष्णले क्यानवेराको यात्रा गराए। संसद भवन मुख्य आकर्षणको केन्द्र रहेछ क्यानबेरामा। टेलेस्ट्रा टावर र वारम्यूजियम समेतको दृश्याबलोकन गरियो। भरपुर आनन्द लिइयो। फर्कदा रात पर्यो ,जंगलको बाटो आउदा कंगारूहरूलाइ बिषेश ख्याल गर्नु पर्ने रहेछ। तर हामी चडेको गाडीको बत्तिका कारण कंगारू उफ्रेर आउदा हाम्रो गाडीको अगिल्लो सिसामा लाग्यो र कंगारू भूंइमा पछारियो। त्यसको प्राण रह्यो रहेन थाह भएन हामी भाग्यौ। सरकारी नजरले हामीलाइ देखेन। घरमा आउदा सम्म त्रास बाँचिरहेको थियो। मैले अष्ट्रेलिया बस्ने मन बनाए। दिनेशलाइ भने उनले बस्ने सल्लाह दिएनन।
अष्ट्रेलिया बस्ने नेपालीहरूले यूवराज दिपेन्द्रलाइ रिसेप्सनको कार्यक्रम बनाएका थिए। सिड्नीका नेपालीहरूको पहलमा भएको थियो कार्यक्रम। त्यतिबेला सिड्नीमा बस्ने नेपालीहरूको संख्या सातहजार रहेछ।
यूवराज दिपेन्द्र बास्तबमा नै रमाइला थिए। जनताबीचको सौहाद्रता उनिमा असाध्दै राम्रो देखिन्थ्यो। बिषय बस्तुको ज्ञान भरपुर थियो। लाग्थ्यो उनलाइ थाह नभएको बिषय नै छैन। छन पनि त्यस्तै थिए। नेपालको ओलम्पिक प्रतिस्पर्धा सकिएको थियो।
मौषम चिसो थियो रात छिप्पिसकेको थियो। तर पनि यूवराज दिपेन्द्रसँग ४/५ घण्टा विताइयो। ओलम्पिक कमिटिले जस्तो लाग्छ,एउटा रिसेप्सन दिएको थियो हार्बर ब्रीज नजिकको रेष्टुरेन्टमा । यूवराज दिपेन्द्रको सम्मानमा भएको कार्यक्रममा धेरै गहन कुराकानी भए।
नेपालको खेलको स्तरका बारेमा , र खेललाइ कसरी अगाडि बढाउने, कुन कुन खेललाइ प्राथमिकतामा राख्ने बिषयमा यूवराज दिपेन्द्रको कुरा अत्यन्त मार्मिक थिए। बिश्व खेलजगतमा भइरहेको प्रगति र हाम्रो सहभागिताका बारेमा स्पष्ट धारणा थियो यूवराज दिपेन्द्रमा। त्यो नेतृत्वलाइ राजसिंहासनमा देख्न पाएको भए नेपाली खेलकुदले धेरै ठुलो फड्को मार्ने थियो।
यूवराज दिपेन्द्रले सबैसँग फोटो खिचाए।उनमा उत्साह बाहेक लगुताभास केहि थिएन। उनि सँग मैले पनि फोटो खिचे। फोटो खिच्नु सामान्य कुरा हो तर त्यो फोटो असामान्य बन्यो मलाई लाग्छ त्यो फोटोले मलाइ सम्मान गरिरहेको छ । मेरो फोटो ग्यालरिमा अझै पनि यूवराज दिपेन्द्र बाँचिरहेका छन।
त्यो फोटो र त्यो क्षण मेरालागि अविश्मरणीय बनिरह्यो। उनले भनेका कुराहरू अहिले पनि मेरो मनमा ताजै रहेका छन्। उनलाइ जुन दृश्यमा देखियो ती दृश्यहरू आज पनि फिल्म जस्तै लागिरहेको छ। त्यस पछि उनि पर्थ तिर लागे। मैले न्यूजिल्याण्ड जाने निर्णय गरे न्यूजिल्याण्डमा एक जना साथि थिए। उनले बोलाएका थिए। मलाइ न्यूजिल्याण्डको भिषा लाग्यो। तर न्यूजिल्याण्ड जाने र घुम्ने रहर पुरा भएन।
नेपालमा माओबादी हत्या ,हिंसा बडिरहेको थियो। डोल्पामा माओबादीको पहिलो आक्रमण भयो। त्यो कम्पन अष्ट्रेलिया सम्म पुग्यो। हिजो मलाइ अष्ट्रेलिया बस्न हुन्न भन्ने दिनेश भाइले बस्न अनुरोध गरे र घन्टाको १८ डलरको काम खोजिदिए। तर मेरो बस्ने परिस्थिति मिलेन र नेपाल फर्किए।
र यो पनि …