प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता : साझा राष्ट्रपतिका लागि छलफल जारी राख्ने सहमति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
सिंहदरबारमा भएको भेटमा उनीहरूबीच राष्ट्रपति निर्वाचन र साझा उम्मेदवारबारे छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए । भेटपछि उनले विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा भने नपुगिएको बताए ।
उनले भने ‘विभिन्न विकल्पमा छलफल जारी छ । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुंगो लाग्छ ।’
छलफलमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री समेत रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता घनश्याम भुसाल सहभागी थिए ।