हामीले चुनेर पठाएको प्रतिनिधीले कुन वर्गको प्रतिनिधित्व गरिरेहको छ ? : देउजा
काठमाडौं । भुमि समस्या समाधान आयोगका पुर्व विषय विज्ञ जगत देउजाले जनाताले चुनेर पठाएको प्रतिनिधीले कमजोर वर्गको लागि काम गर्न नसकेको आरोप लगाएका छन् ।
सामाजिक न्याय दिवसको अवसरमा समाजवाद र तहगत सरकार विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा गएका प्रतिनिधिहरुले कमजोर वर्गको घाँटी निमोठ्ने काम गरेको आरोप लगाएका हुन् ।
हामीले चुनेर पठाएको प्रतिनिधीले कुन वर्गको प्रतिनिधित्व गरिरेहको छ । मैले बुझेको सरकार किन चाहिन्छ भन्दा कमजोर वर्गलाई न्याय दिन र संरक्षण गर्न सरकार चाहिने हो । आफैं सक्नेहरुको लागि हैन् । तर यहाँ उल्टो भईरहेको छ । बलियोलाई अहिलेको सरकारले संरक्षण गरिरहेको छ । कमजोरलाई घाँटी निमोठ्ने काम गरिरहेको छ । यो अन्याय पुर्ण छ ।’
नेपालको वर्तमान अवस्था नियाल्ने हो भने सिमान्त वर्गको राम्रो प्रतिनिधित्व गरेको नदेखिएको उनको भनाई छ ।
सामाजीक न्यायको विषयमा राज्यले केही गर्न नसकेको र बलियााहरुको लागि काम गर्न सरकारले कमजोरहरुलाई अन्याय गरेको बताए ।