पेन्सिलभेनियाको ल्यानक्यास्टरमा मनाइयो शिवरात्री
ल्यानक्यास्टर,पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनियाको ल्यानक्यास्टर रहेको नेपाली समुदायले महाशिवरात्री धुमधाम मनाएका छन्।
मार्च पहिलो साता देखि संचालनमा आउन लागेको माउन्टभिल स्थित ल्यानक्यास्टर अडल डे केयरको हलमा शिवलिङ्गको प्रतिमा स्थापना गरि ब्रतालुले विधिवत पुजा आरधना गरेका थिए।
गीताशार भजन समिति ल्यान्कास्टर पेन्सिलभेनियाले यो अवसर जुराएको हो ।
पुजा पछि भजन कीर्तन गरिएको थियो।