सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ’सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गरेका हुन्।
त्यसअघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपा सांसद् प्रेम सुवालले राखेको विरोधको सूचना बैठकमा बहुमतले अस्वीकृत भएको थियो ।
संसद्मा प्रारम्भिक छलफलपछि यो विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जानेछ । यस्तै राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७८ विचार गरियोस् भन्ने प्रस्ताव भने सर्व सहमतिले स्वीकृत भएको छ ।








