राप्रपा सचेतक शाहीको प्रश्न : प्रधानमन्त्री नै सर्वेसर्वा हो भने अन्य मन्त्रालय किन चाहियो ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन् । सोमबार बलाजु क्षेत्रमा भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै उनले यस्तो माग गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्रीले नै सबै मन्त्रालयको जिम्मेवारी लिने हो भने अन्य मन्त्रालयको आवश्यक नरहेको दाबी गरे ।
उनले भने,‘मुलुकमा गृहमन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खालि छ ? प्रधानमन्त्रीले नै सबै मन्त्रालय हेर्ने हो भने अरु मन्त्रमलय किन बनाएको हो ? सबै प्रधानमन्त्रीलाई जिम्मेवारी दिएर खालि गरे हुन्छ ।’
उनले देशमा सरकार नभएको दाबी समेत दाबी गरे । सरकार नभएकै कारण व्यवसायीको करोडौ लगानी डुब्ने अवस्था सिर्जना भएको उनको भनाई छ । मजदुर आन्दोलित हुनमा पनि सरकारकै कमजोरी रहेको उनले बताए ।